गीत I

दिन ढल्यो,रात छायो, उनकै याद आयो ।
एक्लै-एक्लै अँधेरीमा, यो तन छट्पटायो ।।

हेर्छु फोटो मध्यरातमा, टुकी बत्ती बाल्दै,
विछ्यौनामा ढल्छु फेरी, सिरानी अंगाल्दै ।
मिलनका ती आशाहरु, आशा मै बिलायो ।
एक्लै-एक्लै अँधेरीमा, यो तन छट्पटायो ।।

निदाउदैनन् नयनहरु, बर्बराउछन् ओठ ,
झर्छ आँशु सम्झी-सम्झी,विछोडका चोट।
चोटै चोट्ले घायल् मुटु, कुटु-कुटु खायो
एक्लै-एक्लै अँधेरीमा, यो तन छट्पटायो ।।

दिन ढल्यो,रात छायो, उनकै याद आयो ।
एक्लै-एक्लै अँधेरीमा, यो तन छट्पटायो ।।

शम्शेर लामा मोक्तान "ठुले"
रामेछाप, हाल साउदी अरब

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com