पीडा अभिभावक हुनुको I

ब्रजेस :- आफ्ना सन्ततिको भविष्यको चिन्तामा नौनाडी नगल्ने मान्छे संसारमा विरलै होलान्। त्यो अल्लारे उमेरमा गरेका गलत निर्णयले पछिसम्म मान्छेलाई सोच्न बाध्य बनाइरहेको हुन्छ। 

मानिसको नियतिले के भएको भए कहाँ कस्तो मोड काट्थ्यो, जे भएको छ, त्यो नभएको भए अहिले जे भएको छ त्यसभन्दा असल हुन्थ्यो कि त्यसभन्दा खराब हुन्थ्यो भन्ने कुराको कुनै निश्चित निक्र्योल त कहाँ हुन सक्छ र ! त्यतिबेला मैले यसो गरेको भए वा उसो नगरेको भए आज यस्तो हुन्थ्यो होला वा भोलि उस्तो हुन्थ्यो होला भन्ने वैचारकि र मानसिक मन्थनले मानिसलाई कहिल्यै छोड्दैन। त्यसैले होला, आफूले गरे भन्दा बढी उचित र सही निर्णय आफ्ना सन्तानले गरून् भन्ने हरेक बाबुआमा चाहन्छन्।

अहिलेको हाम्रो अभिभावक पुस्ता आफ्ना अभिभावकहरू भन्दा निश्चय नै परपिक्व, उदार र सहिष्णु छ। हाम्रो पालामा अभिभावकत्वको जे परभिाषा थियो, आज पक्कै पनि त्यो परविर्तित, परमिार्जित र फरक भइसकेको छ। आज हामी हाम्रा सन्तानको जीवन र भविष्यसँग सम्बन्धित कुरामा एकलौटी निर्णय गर्दैनौँ। त्यो निर्णय उनीहरूमा करबलले लाद्ने कुचेष्टा पनि गर्दैनौँ। हाम्रा मूल्य र मान्यतालाई आफ्नो विवेकको तराजुको एउटा पाटोमा राख्दा हामी उनीहरूका भनाइ, सोच र मान्यतालाई पनि बराबर नै तौल दिएर जोख्ने गर्छौं। 

यस अर्थमा हामी आफ्ना सन्तानका लागि त्यो 'बेस्ट प|mेन्ड' बन्ने लालसा पालेर बस्छौँ, जुन हामीले घरबाहिर खोज्नुपथ्र्यो। त्यसका साथसाथै फेर िआफ्ना अधूरा सपना आफ्ना सन्ततिले पूरा गरून्, आफूले पाउन चाहेर नसकेका उपलब्धिहरू उनीहरूले हासिल गरून् र त्यसमा आफू रमाऔँ भन्ने चाहना पनि आजको अभिभावक पुस्ताले पाल्न छोडिसकेको छ। किनभने, आजको फराकिलो सोचाइ र दृष्टिकोण भएको अनि तुलनात्मक रूपले संसार बढी देखेको पुस्ताले एउटा कुरा राम्ररी बुझिसकेको छ। त्यो के भने, फरक मान्छेका फरक चाहना हुन्छन्। 

हामी र हाम्रा सन्तानमा एउटै जिन्स भए पनि प्राथमिकता हाम्रा फरक-फरक हुन सक्छन्। बदलिँदो समय र परविेशलाई मन परे पनि नपरे पनि आत्मसात् गर्नुको विकल्प हामीसँग हुँदैन। हामीले हाम्रो समयमा आवश्यक र महत्त्वपूर्ण देखेका कुरा आजका पुस्ताका लागि गौण भइसकेको हुन्छ। तसर्थ, पहिले दुई वा तीन पुस्तामा पुस्तान्तरका लक्षणहरू शनैःशनैः देखिन्थ्यो भने विकासको द्रुत गतिले गर्दा आज १० वर्षको उमेर अन्तर भएका मानिसमा वैचारकि र मानसिक समानता खोज्न सूक्ष्मदर्शक यन्त्रको सहायता लिनुपर्ने भइसकेको छ।

यी सबै आफ्नो ठाउँमा हुँदाहुँदै पनि एउटा कुरा अपरविर्तनीय के हो भने, आज पनि अभिभावक आफ्ना सन्तानको भविष्यका लागि त्यति नै चिन्तित हुन्छन्, भलै त्यसका लागि अवलम्बन गरनिे उपायमा भिन्नता होला। हामीले जति सहज रूपमा आफ्ना अभिभावकका कुरालाई स्वीकार गथ्र्यौं, त्यही सहजता र आत्मसमर्पण आफ्ना सन्ततिबाट खोज्ने हो भने हामी आफैँले आफँैलाई दुःखी बनाउनेबाहेक अरू केही गर्दैनौँ। 

हामी आफ्नो किशोरावस्थामा भएको भन्दा अहिलेको पुस्ता त्यही उमेरमा बढी विवेकी र परपिक्व हुन्छ भन्ने कुरामा शंका छैन। तर पनि यो समय उमेरको एउटा यस्तो भ्रामक परच्िछेद हो, जहाँ मानिसले आफ्नो सोचलाई मात्रै सही मान्छ, सर्वोपर िठान्छ। उनीहरूका लागि अघिल्लो पुस्ता भनेको आफ्नो पूर्वाग्रही सोच र मान्यताको कोक्राबाट निस्कन नसकेको, नचाहेको पुस्ता हो। उनीहरूका कुरा भनेका 'डेट एक्सपायर्ड' औषधी हुन्, जसले फाइदा गर्दैनन्, बरू हानि गर्लान्। 

बाल्यकालमा हरेक सन्तानलाई लाग्छ, उसको बाबुसँग भिडेको भए ब्रुस ली हाथ्र्यो। उसले नचाहेर मात्र हो, नत्र सुपरम्यान उडेजसरी आफ्नो बाबु पनि उड्न सक्थ्यो। तर, त्यही सन्तान जब हुर्कंदै जान्छ, आफ्नो अतिमूल्यांकनका बारेमा सोचेर हाँस्दाहाँस्दै त्यही अभिभावकको न्यून मूल्यांकन गर्न थाल्छ, नजानी नजानी। त्यसैले एउटा भनाइ छ, टिनएजमा भएकाहरूले आफ्ना बाबुआमालाई त केही पनि थाहा रहेनछ भन्ने सोच्न थाल्छन् रे ! अनि, टिनएज सकिएपछि तिनैले सोच्छन् रे, ओहो पछिल्लो सात-आठ वर्षमा मेरा बाबुआमाले कति कुरा सिक्न भ्याएछन् !

तसर्थ, त्यो उमेरमा भएका बाबुआमालाई आफ्ना सन्तानसँग समन्वय कायम गर्न फलामको चिउरा चपाएजस्तो हुने गर्छ। प्रवेशिका सकाएर ११ कक्षा पढ्ने बेलामा र १२ सकाएर स्नातक तहको पढाइ गर्ने बेला अक्सर यी दुई पुस्ताको लाप्पा पर्न थाल्छ। उनीहरू आफ्नो सोचाइ र मान्यताका पछाडि यतिसम्म विश्वस्त भइसकेका हुन्छन्, त्यो गलत छ भने पनि उनीहरूलाई मनाउन असम्भवप्रायः हुने गर्छ। हाम्रो देशमा विद्यमान अहिलेको सम्पूर्ण अवस्थाले हरेक अभिभावकलाई आफ्नो सन्तानको भविष्यका लागि चिन्तित बनाएको छ। 

विदेश पठाउन सक्नेहरूका लागि त्यो पहिलो विकल्प भए पनि त्यो खर्च धान्न नसक्नेहरू मारमा पररिहेका हुन्छन्। यहाँ शैक्षिक संस्थाहरूप्रति कसैको कुनै संवेदना छैन। टोलका समस्याका लागि जिल्ला, अञ्चल वा उस्तै परे देशै बन्दको आह्वान गर्ने 'विद्वान्'हरू, त्यसको पालना गरेर अप्रत्यक्ष रूपमा सघाउने जनता र तिनका माग पूरा गरेर गलत नजिर कायम गर्न सक्ने 'सक्षम' सरकारका कारण शिक्षा अवरुद्ध भइरहेको हुन्छ। कलेजका नाम कसैलाई मन परेन भनेर पनि स्कुल/कलेजहरू बन्द गर्न पाइन्छ। 

त्यस्तो अवस्थामा जनकपुर-जयनगर रेलवेको गतिमा चल्ने शिक्षा प्रणाली, निजी शिक्षण संस्थाका नाममा जे, जहाँ, जसरी र जुनसुकै रूपमा पनि विद्यार्थी उत्पादन गर्ने कारखानाहरूका कारण समग्रमा यहाँबाट उत्पादन भएका अधिकांशको स्तर के भन्ने गम्भीर प्रश्नबारे कसैले घोत्लिनुपर्ने आवश्यकता देखेको छैन।

त्यही भएर त हरेक प्रवेशिका परीक्षा र हरेक १२ कक्षाको जाँचपछि आमअभिभावकका दुर्दिन सुरु हुन्छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com