'गजल' I




परेलीमा आँशु राखि हाँस्न सिकाउने खोज्दैछु
दिलमाथि पत्थर् राखि बाँच्न सिकाउने खोज्दैछु

खुसी फुल्ने डाली अनि हाँसो फल्ने हाँगो भाँच्दा
भरोसाको धागो लिई गाँस्न सिकाउने खोज्दैछु

तारासरि पीडा फुल्दा आफ्नै मनको यो आकाशमा
निडर भैइ सारा पीडा नास्न सिकाउने खोज्दैछु

जता टेक्यो उतै काँडा लौन बिझिरह्यो जीवनभरि
जरैदेखि त्यस्तो काँडा भाँच्न सिकाउने खोज्दैछु

राजेश रुम्बा लामा 'अतृप्त'

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com