केशव स्थापित :- आमाले दिएको कर्मप्रतिको प्रेरणा मेरा लागि वरदान हो । त्यस्तै श्रीमती त मेरो कामको ऊर्जा नै हुन् । उनले कहिल्यै धेरै पैसा कमाऊ, यो क्षेत्र त्याग भनिनन् । उनले मलाई हरेक पल तपाईंले देश हाँक्न सक्नुहुन्छ भन्ने आशा दिलाउँछिन् ।
नेपाली नारीको छवि...
नेपाली नारी भन्नासाथ मेरो आँखाअघि हुम्लामा ५ फिट ९ इन्च अग्ला हुम्ली महिलाहरू आउँछन् । ठाकरमा ५०-६० किलो ओखर हाली कुटेर आफ्नो दिन गुजार्छन् । सबैभन्दा महँगो तेल ओखरकै हुन्छ तर हाम्रा हुम्ली महिलाहरूले कुटेर निकालेको त्यो तेल टुकी बाल्न प्रयोग हुन्छ । उनीहरूको मेहनतलाई म हरपल सम्झन्छु । नेपाली महिला भन्नासाथ म बर्दियाका राणा थारुहरू कल्पिन्छु ।
अग्ला, ठूला आँखा, लामो केश भएका ती महिलाहरू अलिकति टेक्निक दिएर सिंगार्न जान्यो भने ऐश्वर्या रायलाई नै उछिन्न सक्छन् । त्यस्तै राई, लिम्बू महिलाहरू सम्झदा ब्रुसलीका दिदी, बहिनीहरूझैं लाग्छ । अरू देशमा एकै अनुहारका महिलाहरू देखिन्छन् भने हाम्रो देशका दिदी-बहिनीहरू हेर्दा रंगीन फूलको बगैंचाजस्तै लाग्छन् ।
जीवनमा आमा र श्रीमतीको भूमिका...
आमाले दिएको कर्मप्रतिको प्रेरणा मेरा लागि वरदान हो । त्यस्तै श्रीमती त मेरो कामको ऊर्जा नै हुन् । उनले कहिल्यै धेरै पैसा कमाऊ, यो क्षेत्र त्याग भनिनन् । उनले मलाई हरेक पल तपाईंले देश हाँक्न सक्नुहुन्छ भन्ने आशा दिलाउँछिन् ।
महिलाहरूको कमजोरी...
खोई, म त कुनै कमजोरी नै देख्दिन ।
महिलाहरूको बलियो पक्ष
उनीहरूको एक नजरले नै पुरुषहरू मैनझैं पग्लिन्छन् । महिलाहरूमा अदम्य शक्ति छ । उनीहरूले चाहेको खण्डमा घर, परिवार एवं देशमै उथलपुथल मच्चाउन सक्छन् । उनीहरूको सोच्ने शक्ति र निर्णय शक्ति बलिया पक्ष हुन् ।
महिलाहरूको सुन्दरता...
सुन्दरता भनेको नाप्ने कुरा होइन । बाहिरी सुन्दरता मात्र होइन भित्री आनीबानी, बोलीचाली र व्यवहार पनि राम्रो हुनुपर्छ ।
सुन्दर महिला...
स्नेहा राणा, जो मेरा लागि विश्व सुन्दरी नै हुन् । उनी जति सुन्दर महिला न मैले भेटेको छु, न देखेको नै छु ।
बोल्ड महिला...
अम्बिका श्रेष्ठ, सपना प्रधान मल्ल, सरिता गिरी आदि ।
आफ्नो क्षेत्रकी प्रभावशाली महिला...
सरिता गिरी, जसको आवाज सुन्दा जलतरंग बजेजस्तो लाग्छ । हरेक भेटमा सेलुट गरौंजस्तो लाग्छ ।
महिलाको डर लाग्दो पक्ष...
महिलाहरू डरलाग्दा हुँदैंनन्, प्रेम मात्र उत्पन्न गर्छन् ।
नेपाली महिलालाई सुझाव...
अवसर धेरै छन् तर आफैले बाहिर आउने आँट गर्नुपर्छ । ३३ प्रतिशतको आरक्षणमा होइन ५० प्रतिशत बराबरी काम गरी आउनुपर्यो । ग्रामीण भेकमा सरकार, एनजीओ, आइएनजीओहरूले उनीहरूलाई बाहिर काम गर्ने बाटो देखाइदिनुपर्छ र उनीहरुले पनि आफ्नो क्षमता प्रदर्शन गर्न संकोच मान्नु हुँदैन । नारी:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै