मलाई छोडेर खुशी छौ भने
नाता तोडेर खुशी छौ भने
हास्नेछु तिम्रो खुशीका लागि
पाइला मोडेर खुशी छौ भने
पाउनुलाइ मात्र सम्झन माया
यो दिल फोडेर खुशी छौ भने
अमृत भएनी ओइलाइ दिनेछु
जहर गोडेर खुशी छौ भने
परिवर्तनसील मायाको नाता
अन्तै जोडेर खुशी छौ भने
सन्तोस सिवाकोटी :
झापा, हाल-इज़रायल :