हेल्पिंग हेन्ड्स इन इजरायलको साधारण सभा समपन्न, नयाँ कार्यसमितिको पुनर्गठन सम्पन्न I

११ अगस्ट इजरायल ,आज मिति ११-८-२०१२ हेल्पिंग हेण्डस इन इजरायलको तेल-अभिव मा बसेको साधारण सभाले संस्थाका बिभिन्न्न गतिविधिको बारेमा छलफल गरि कार्यसमितिको पुनर्गठन कार्य सम्पन्न गर्यो |

मिति ६-१२-२०११ मा १५ सदस्सीय सदस्यहरु चैनगरि स्थापना भएको हेल्पिंग हेन्ड्स इन इजरायलले आज आठ महिना पुरा गरिसकेकोछ यस अबधिमा संस्थाले सहयोगका लागि इजरायलमा कार्यरत सहयोगी मनहरुले सोइछ्याले दिनको १ सेकेल (मासिक ३० सेकेल )दान गर्ने खुत्रुके अभियान लगाएत बिभिन्न कार्यक्रमहरु गरी पिडित परिवारहरुलाई सहयोग गरीसकेको छ |

संस्थाले गोरखामा भएको आगलागी घटना परी घाईते भएका परिवारलाई ,संखुवासभा खादबारीकी सरस्वति कटुवाललाई,पोखरामा सेती नदिमा आएको बाढीमापरि पिडित भएका परिवारहरुलाई लगाएत ईजरायल मै विभिन्न कारणले समस्यामा पर्नु भएका पिडितहरुलाई पनि सहयोग गरी गरिसकेको छ |

अहिले पछिल्लो समयमा हेल्पिंग हेण्डस इन इजरायलले संस्थाको दायरालाई फराकिलो बनाइ सबैलाई समेटेर लैजाने उद्देश्यले बिबिध गतिबिधिको बारेमा छलफल गरी साधारण सभा सम्पन्न गरेको छ |आजको यस साधरणसभामा सदस्यहरुको सल्लाह र सुझाब अनुसार छलफल गरि कार्यसमितिको पुनर्गठन गरेको छ |नवगठित कार्यसमितिमा २३ जना सदस्यहरुलाई सर्वसहमति द्वारा छानिएको छ | हालकालागि कार्यसमितिका सदस्यहरु सबै सदस्यको रुपमा समान दायित्व र समान भूमिका बहनगर्ने गरी रहनु हुनेछ भने आवस्यक परे यसै समितीले कार्यसमितिको बडीमेम्बर चयन गर्ने व्यवस्था समेत पारित गरिएको छ |

यसको साथै उक्त भेलाले इजरायलमा कार्यरत झापा गौरादह निवासी श्रीमती तारा देवी गौतमलाई सस्थाले५०० सेकेल र सस्थाकी सदस्य हजुरी कंडेल शाह बाट संकलित ५०५ सेकेल सहित १००५ सेकेल प्रदान गर्ने निर्णय गर्यो ,भने यस्तै अर्की इजरायल मै संघर्षरत जिवन बिताई रहनु भएकी चेली मुना चौवान लाई पनि ५०० सेकेल पर्दान गर्ने निर्णय गर्यो |

:) नव गठित कार्यसमितिमा चुनिनु भएका सदस्यहरुको नामावली यस प्रकार छ...

१) कृष्ण ज्ञावाली { "संरक्षक्" सदस्य }
२) कृष्ण निरौला (सदस्य )
३) कुमार पौडेल (सदस्य )
४) हरि मानन्धर (सदस्य)
५) नेहा गुरुङ ( सदस्य )
६) रन्जु कार्की (सदस्य )
७) सुनिता पौडेल ,पन्त (सदस्य )
८) सुर्य सिंखडा (सदस्य )
९) सुमन कार्की (सदस्य )
१०) कुमार दाहाल (सदस्य)
११) सुर्य बस्याल (सदस्य )
१२) क्रिजल के .सी. ( सदस्य)
१३) राम ढुंगाना (सदस्य )
१४) निरज सुबेदी (सदस्य)
१५) हजुरी कडेल, शाह (सदस्य)
१६)सुनिता राई "यासिन" (सदस्य )
१७)उद्दब तामांग (सदस्य )
१८)पर्सु निरौला (सदस्य )
१९)प्रिन्स श्रेष्ठ (सदस्य )
२०)मोहन श्रेष्ठ (सदस्य )
२१)बिस्नु बस्ताकोटी (सदस्य )
२२) कल्पना न्यौपाने (सदस्य)
२३)पुष्प श्रेष्ठ (सदस्य )

हेल्पिंग हेण्डस इन इजरायल ,इजरायलमा कार्यरत सम्पूर्ण सदस्यहरु लगाएत सम्पूर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छ साथै सम्पूर्ण सहयोगी मनहरुलाई हेल्पिंग हेण्डस इन इजरायलमा दिनको एक सेकेल दान् गरी दुखी पिडितहरुलाई सहयोग पुर्याउने यस माहान अभियानमा सहभागी बनी दिनुहुन हार्दिक अनुरोध गर्दछौ | हामी सबैलाई खान पुगोस दिन पुगोस !!!!

सम्पर्क : 
helpinghandsinisrael@gmail.com or
http://www.facebook.com/helpinghandsinisrael

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com