उदयपुर, भदौ ८,
महेश्वर चामलिङ राई :- शुक्रबार दिउसो वर्षासँगै परेको चट्याङ लागेर यहाँ एक बालिकासहित दुईको मृत्यु भएको छ। दिउँसो साढे ४ बजे परेको चट्याङ लागेर जिल्लाको पूर्वी गाविस बसाहा ६ की ६ वर्षीया मनमाया विक र सोही ठाउँकी अर्की लक्ष्मी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
प्रहरी चौकी बसाहालाई उद्धृत गर्दै जिल्ला प्रहरी निरीक्षक श्रीकृष्ण पौडेलले बताए अनुसार नवराज विककी छोरी मनमाया आँगनमा खेल्दै गरेकी चट्याङ लागेर घट्नास्थलमै तत्काल मृत्यु भएको थियो।
त्यस्तै २२ वर्षीया लक्ष्मीको पनि घरमै रहेका बेला परेको चट्याङ लागेर केही बेरमै मृत्यु भएको बाबु मित्रबहादुरले बताए। शुक्रबारै परेको चट्याङले उदयपुरकै अन्य ठाउँमा दुई जना घाइते भएको पनि प्रहरीले जनाएको छ। तर, घाइतेको नाम ठेगानबारे पुष्टि हुन बाँकी रहेको निरीक्षक पौडेलले बताएका छन्। नागरिक:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै