गजल I



लाग्छ मुर्खै मुर्खको देश सधै बन्द गरे पुग्यो
धेरै क्रान्ति आए गए आखिर युवा मरे पुग्यो |१ |

गरीबका नाममा आए नारा धेरै कति कति !
नेता अरुको के खाँचो ! आफ्नै धोक्रा भरे पुग्यो |२ |

भित्र भित्रै सल्की सक्यो धमिराले खायो सबै
जरै सित ढले पनि हाँगा मात्रै सरे पुग्यो |३|

धनको हुंकार चल्दा जब न्याय अझ कता पर्यो
उसकै पछी लागे सबै झन् सडकमा झरे पुग्यो |४ |

हातमा बल जमेकै छ ज्यानै लीए पनि यहाँ
किन ! डर्छौ जन देखि जब सीमा तरे पुग्यो | ५|

संजय कुमार खड्का
रामेछाप देउराली -८
हाल : साउदिअरब

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com