समयको परिवर्तनता संगसँगै ,
मानव जीवन पनि परिवर्तन हुँदोरहेछ l
हिजोलाई धेरैले बिर्संदा रहेछन ,
वास्तविकता त दन्त्यकथा पो बन्दोरहेछ l
बलेको आगो ताप्ने त रीत नै हो यहाँ,
निभ्नेको अस्तित्व नै कहाँ जोगिएको हुन्छ ?
धर्ती त गजक्क परेझैं लाग्छिन ,
इतिहासले पनि पल्टा खाइसकेको हुन्छ l
हिजोको अति प्रभावशाली मान्छे पनि ,
आज तन्नम भिखारी भैसकेको हुन सक्छ l
आफ्नाहरुले पनि गिज्याउन थाले पछि,
यो विसाल संसारमा बेसहारा भएको हुन्छ l
स्वारथै-स्वार्थले जकडिएर त होला ?
कयौं मान्छेहरु बैगुनी भएका छन् l
गुण र योगदानलाई चटक्कै बिर्सिसके,
असल र खराब पनि चिन्न छाडेका छन् l
अभिन्न मित्रता देखावटी भैसक्योकी क्याहो ?
आत्मीयता पनि चीज् सङ्ग दाँज्न थालेछन l
बन्धुत्व त बाध्यता जस्तै भयेछ क्यारे ?
मौका पर्दा कहिल्यै पनि आफ्नो ठान्दैनन् l
सच्चाईले सँधै कुटिनु पर्दो रहेछ यहाँ ,
इमान्दारीता र नैतिकता धुरु-धुरु रोएका छन् l
रगत र पसिना त निशुल्क बिक्री हुँदोरहेछ ,
अन्यायका बिरुवाहरु झन्-झन् मौलाएका छन् l
नाताहरु देखासिकी मात्रै हुन् कि क्याहो ?
"मुखमा राम राम ,बगलीमा छुरा "भएका छन् l
यस्तै नै रहेछ क्यारे यहाँको चाला माला ,
अरुलाई एकल्याउँदा आफू पनि एक्लिएका छन् l
(कोमल भट्ट ,न्युयोर्क )
25 August 2012 .
२०६८/५/९ /७