मिस लिटिल-गरिमा I

काठमाडौं, भदौ १० ,

चन्द्र काफ्ले :- काठमाडौं बानेश्वरकी ११ वर्षीया गरिमा ज्ञवाली चौथो मिस लिटील आइडल बन्न सफल भएकी छन्। निर्णायकले सोधेको प्रश्नको छोटो र मिठो जवाफ दिएर उनले उपाधिमाथि कब्जा जमाएकी हुन्।

कुलेश्वरस्थित टाइम्स स्कुलमा कक्षा ६ मा अध्यनरत गरिमा दुई वटा एकल गिती एल्बमसमेत निकालेर चर्चामा आइसकेकी छन्। उनले मन र सुनकेसरी एल्बम निकालिसकेकी छन्। शनिबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा विभिन्न १३ विधामा अवार्ड विरतण गरेको गरियो।


'आफूले गरेको मिहेनत खेर नगाएकोमा खुसी लागेको छ,' उपाधि जितेपछि गरिमाले नागरिकन्युजसँग भनिन्, 'यस्ता कार्यक्रमले बालबालिकाको प्रतिभालाई प्रस्फुटन गर्नेछ।' उनले अब गायनलाई निरन्तरता दिने बताइन्। यसैबीच उनले आफ्नो तेस्रो एकल एलब्म निकाले तयारी गरेको बताइन्।

उपत्यकाका २९ विद्यालयका ५० विद्यार्थीले सहभागी जनाएको प्रतियोगितामा अन्तिम प्रतिस्पर्धाका लागि सहभागीमध्येबाट १५ जनालाई छनौट गरिएको थियो। त्यस्तै छनौट गरिएको १५ मध्ये पनि ७ जनालाई अन्तिम स्पर्धामा सहभागी गराइएको थियो।

'बालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रतियोगिताको निर्देशक अशोक प्यासी राइले बताए। 'हामीले भनेको प्रतिभालाई उजागर गर्ने अवसर जुटाउने हो,' उनले भने, 'यसमा बालबालिकाले आफूभित्र रहेको प्रतिभालाई देखाउन सक्छन्।'

सञ्चारकर्मी हेम सुवेदी, अभिनेत्री रेजीना उप्रेती, कोरीयोग्राफर जयन सुब्बा, संगीतकार बुलु मुकारुम, शिव अधिकारी, केयम रञ्जितकार, अभिनेता नवल खड्का, गायिका रेखा साह, सुदन दहाल निर्णायकमा थिए।

एक्सन इन्टरटेन्टमेन्टले आयोजना गरेको कार्यक्रममा चौधरी ग्रुपको डेलिसीयस बिस्कुटले प्रायोजन गरेको थियो।

अन्य विजेता...

मिस लिटल आइडल- गरिमा ज्ञवाली
फस्ट रनरअप- जोसेफ लामा
सेकेन्ड रनरअप- सिम्रन खड्का
मिस ट्यालेन्ट अवार्ड- गरिमा ज्ञवाली
एक्सिलेन्सल स्कुल अवार्ड-त्रिपल जेम स्कुल डल्लु
मिस डिसीपिलेन- रितिस्मा राना
मिस पर्सनालीटी अवार्ड- अन्जली राई
मिस फोटोजेनिक अवार्ड- सोनु थिङ
मिस फ्रेन्डसिप अवार्ड- लसता महर्जन
वेस्ट हेयर अवार्ड- कृष्टिना योन्जन
बेस्ट स्माइल अवार्ड- सिम्रन थापा
मिस इनोसेन्ट अवार्ड- सुरङगना साह
मिस पङचुअल अवार्ड- मारिया साही

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com