कविता I



तिम्रो मेरो प्रेमको कथा लेख्न सकिन
मुटु भित्रै रै'छौ तिम्लाई देख्न सकिन ।।

हुरी सँगै तिम्रो तस्विर उडी जाँदा पनि
पहाड बनि मैले हुरी छेक्न सकिन ।।

पुष माघको तुषारोमा मन सेलाउँदा
मनमा माया तताएर सेक्न सकिन ।।

अतित दुख्ने सम्झनाका कथा भरिएका
तिम्रा सवै SMS फेक्न सकिन ।।

मुटु भरि पिडा छर्दै घाउ बल्झी दियो
लर्खराउँदा पाउहरु टेक्न सकिन ।।

सन्तोस सिवाकोटी :
झापा, हाल-इज़रायल :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com