'गजल' I



खोला सरि आ'थ्यो तिमी बह सुसाएर
गयौ तिमी धेरै टाढा आज रुवाएर

किन गर्‍यौ अनविश्वास् तिम्ले मै माथि नै
ख्वाकै थियौ कसम् तामा कलश् छुवाएर

प्रेमकी देवि तिमी मेरो विश्वास अति गरें
छली रै'छौ धोका दियौ विष खुवाएर

मन्मन्दिरकी देवि मानें पूजा गरें मैले
गयौ तिमी मन्दिरकै छानो चुवाएर

धर्मभिरु बनि पस्यौ पापी रै'छौ आखिर्
फाप हुन्न गंगाजलमा अब नुहाएर

राजेश रुम्बा लामा 'अतृप्त'

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com