इजरायल, साउन २८,
पूर्णतय इजरायलमा रहने अधिकांस नेपाली केरगिभर काममा बेस्त रहने हुदा समयको अनुकुल मिलाएर बेस्त समयको बाबजुद पनि साप्ताहिक विदाको दिन पारेर धेरै जसो नेपालीहरुको जमघट रहने इजरायलको तेलअभिव स्थित लेबेन्स्की पार्कमा यहि ११ अगस्त शनिबारका दिन बसेको एक भेलाले तमु समाज इजरायलको नयाँ कार्यसमिती पुनर्गठन गरेको छ ।
यम गुरुङको अध्यक्षतामा रहेको तमु समाज इजरायल यम गुरुङ र कतिपय पदाधिकारीहरुको स्वदेश फिर्तीसँगै लामो समय यता नेतृत्व विहिन अवस्थामा रहेको थियो भने कतिपय इजरायलमै रहेका पदाधिकारीहरु पनि आफ्नो कामको ब्यास्तताको कारण निस्कृय हुँदा सिंगो तमु समाज इजरायलनै निस्कृय वन्न पुगेको थियो ।
विभिन्न चाडपर्वहरुमा नेपाली तथा भारतिय कलाकारहरुलाई इजरायलमा ल्याई विभिन्न सांस्कृतिक कार्यक्रमहरुको संचलनमा अग्रणी भुमिका खेल्दै आइरहेको यस तमु समाज इजरायलको आवश्यकतालाई महसुस गर्दै इजरायलमा रहेका तमुहरूलाई जागरुक गराई आफ्नो जातिय धर्म,हक हित तथा सास्कृतीक सँरक्षण र संस्कृतीको पहिचानलाई जोगाइ राख्ने हेतुले सत्य साई केन्द्रकी अध्यक्ष समेत रहनु भएकी सुश्री नेहा गुरुङको अध्यक्षतामा सबैको सर्वसम्मतीले १५ सदस्य कार्यसमितिको पुनर्गठन गरेको छ ।
बिगत ५ बर्ष देखि (तमु) गुरुङ्ग समाज ईजरायललाई तत्कालीन अध्यक्ष यम गुरुङ्गले नेत्तव गर्दे आउनु भएकोमा केही महिना अगाडी गुरुङ्गको ईजरायल बस्ने अबधी समाप्त सँगै नेपाल जानुभएकोले उक्त समाज केही महिना नेत्रीत्तो बिहिन अवस्थामा रहेको बर्तमान अध्यक्ष नेहा गुरुङ्गले हाम्रो संसार डट नेटलाई जानकारी दिनु भएको छ ।
सो उक्त पुनर्गठित कार्यसमितिको उपाध्यक्षमा सुश्री टिका गुरुङ, महासचिबमा यम गुरुङ, सचिबमा श्रीमती बिष्णु कुमारी गुरुङ,कोषाध्यक्षमा श्रीमती चन्दा गुरुङ रहेका छन् । त्यस्तै सदस्यहरूमा ज्योती गुरुङ, सिता गुरुङ, दुर्गा गुरुङ, लुक कुमारी गुरुङ,धना गुरुङ ,कमला गुरुङ, यम कुमारी गुरुङ, शुभदेबी गुरुङ, निर्मल घले रहेका छन् भने सल्लाहकारमा प्रेम गुरुङलाई चयन गरिएको छ ।