समर फेसन I

- यसपटक समर शैलीमा पेस्टल कलर्स देख्न पाइनेछ। न्यू विन्टेज लुकका लागि पेस्टल सेड्सको सिल्की फेब्रिक छनोट गर्नु राम्रो हुन्छ।

- यो समर सिजनमा रेड कलर कमब्याक हुने देखिन्छ। रेडका साथै सेड्स इन हुनेछ।

- अर्दी कलरका सबै सेड्स इन रहनेछन्।

- अरेन्ज, कलरका सेड्स पनि हिट रहनेछन्।

- डिजाइनरहरूका अनुसार सबै फ्लोरल कलर्स यो समर हट च्वाइस बन्नेछन्। यिनले यङ र फ्रेस लुक प्रदान गर्छन्।

- ब्ल्याकलाई समर कलर मानिँदैन तर फर ए चेन्ज यसपटक ब्ल्याक एण्ड ह्वाइटको कम्बिनेसन ट्राइ गर्न सकिन्छ। यदि फेसनसँगै अघि बढ ्ने हो भने ब्ल्याक एण्ड ह्वाइटलाई आफ्नो वार्डरोबमा समावेश गर्नुपर्छ।

- यसबाहेक ह्वाइट, पिंक, सनसाइन, एलो, इलेक्ट्रिक ब्लु, नियन ग्रीन र न्युड सेड्स पनि फेसनमा रहनेछन्।

- ग्ल्यामरस लुकका लागि ग्रे नेभी, ब्लु वा वाइन कलर छनोट गर्नुपर्छ।

- सुदिङ लुकका लागि एक्वा ब्लु वा अलिभ ग्रीन पर्फेक्ट च्वाइस हो।

- लोटस र रोजका सेड्स पनि यो वर्ष इन रहनेछन्। यिनलाई वाटर कलर्स वा फ्रेस लिब्सका सेड्ससित कम्बाइन गरी लगाउनुपर्छ।

समर प्रिन्ट्स

- फ्लोरल प्रिन्ट्सले यङ र फ्रेस लुक प्रदान गर्छ र यो समर सिजनका लागि आइडियल पनि हुन्छ।

- गत वर्ष बर्ड फेदर प्रिन्ट्स फेसनमा थियो। त्यसले यो वर्ष पनि निरन्तरता पाउनेछ। फेसनसँगै अघि बढ्न पिंक, बटरफ्लाई वा कलरफुल बर्डस्का प्रिन्ट छनोट गर्नुपर्छ।

- यसबाहेक एनिमल प्रिन्ट्स र फ्रुट प्रिन्ट्स पनि यो वर्ष समरका हट च्वाइस रहनेछन्।

- स्ट्राइप्सको फेसनले निरन्तरता पाउनेछ। इच्छाअनुसार ओभरअल स्ट्राइपन लगाएर पनि सुन्दर एवं आकर्षक देखिन सकिन्छ।

एसेसरिज

- समरमा कमभन्दा कम एसेसरिज प्रयोग गर्नु राम्रो हुन्छ।

- बेल्ट ब्याग ट्रेन्डमा रहने देखिन्छ। सानो स्क्वायर बेल्ट ब्यागको छनोट राम्रो हुन्छ। यो ट्रेन्डी हुन्छ र हेभी पनि देखिँदैन।

- सानो स्ट्राइपयुक्त ओवरसाइज ह्यान्ड ब्याग र ओवर साइज क्लच पनि यो वर्ष ट्रेन्डमा रहनेछ।

- फुटवेयरमा किटन हिल्स छनोट गर्नु राम्रो हुन्छ। यसले फेमिनाइन, क्लासिक एवं कम्फर्टेबल लुक प्रदान गर्छ।

- यसबाहेक कलरफुल फ्ल्याट चप्पललाई पनि आफ्नो स्टाइल स्टेटमेन्ट बनाउनु राम्रो हुन्छ।

- ठूल्ठूला सनग्लास प्रयोग गर्नुपर्छ जसले घाममा आँखालाई सुरक्षा एवं व्यक्तित्वलाई स्टाइलिस लुक प्रदान गर्छ।

- यसैगरी केही कलरफुल स्टोल्सलाई पनि आफ्नो वार्डरोबमा समावेश गर्नु राम्रो हुन्छ।

- ज्वेलरीमा बिग र बोल्डको ट्रेन्ड रहनेछ, चाहे नेकलेस होस्, स्यांग्ल होस् वा ककटेल रिङ। चाहे बिड्स होस् वा स्टोन्स, एउटा कुरा समान रूपले देखापर्ने छ त्यो हो बिग, बोल्ड एन्ड कलरफुल लुक।

- ठूल्ठूला स्टोन्स, नेम स्टोन्स, फेसन वल्र्डमा हट च्वाइस रहनेछन्।

- यो वर्ष समरमा हेवेनली फेबि्रक ट्रेन्डमा रहनेछ, जसले सफ्ट र फेमिनाइन लुक प्रदान गर्छ।

- यो वर्ष कलर छनोटका लागि बढी सोच्नुपर्दैन, कारण आउटफिटमा ब्राइट र न्युट्रल सेड्स दुवै देखापर्नेछन्।

- समर ट्रेन्डी बन्ने इच्छा भए आफ्नो वार्डरोबमा ड्रेस, ट्युनिक, प्लेसुट र जम्पसुट समावेश गर्नु उपयुक्त हुन्छ।

- टेलर्ड कट्स इन हुनेछ। लुज फिटेड र चिक स्टाइल मन पराइने छ।

- ह्वाइट, पिंक, अरेन्ज, ब्लु, नियन, ग्रीन र न्युड सेड्स इन रहनेछ।

- आउटफिटमा प्लिट्स, फोल्ड्स, मोर्डन ड्रेपिङ, लेयरिङ र ग्यादरिङको टच देखापर्नेछ।

- वन सोल्डर ड्रेसलाई आफ्नो फेसन वार्डरोबमा समावेश गर्नुपर्छ। यो समर सिजनको हट च्वाइस हो।

- सुजमा जिप र बक्कल देख्न पाइनेछ। चाहे पम्प सुज होस् वा बेलेरिना वा स्यान्डल स्टाइल एड गर्न जिप र बक्कल प्रयोग गरिनेछ।

- ग्लोडिएटर्स स्यान्डल्सको फेसन यो वर्षको समरमा पनि उत्तिकै प्रचलनमा रहनेछ भने यिनको कलर बोल्ड हुनेछ।

- क्याजुयल लुकका लागि ब्याग र इभिनिङ लुकका लागि ब्राइड बोल्ड मेटालिक सेडका क्लच छनोट गर्नुपर्छ।

के सित के लगाउने ?

हाल्फ फाइन्ट, ब्वाय सर्ट र सोर्टस्

- मिनी टिसर्ट लगाउनु उपयुक्त हुन्छ।

- बढी एक्सपोज लाग्छ भने टाइटस र स्टकिङ्स लगाउनुपर्छ। फन मुड छ भने कलरफुल्स सक्स लगाउन सकिन्छ।

- समर ज्याकेटले लुकलाई नयाँ स्टाइल प्रदान गर्छ।

- डे लुकका लागि ब्राइट कलर छनोट गर्नुपर्छ र इभिनिङ लुकका लागि सिक्वेन्सयुक्त टप।

प्रिन्टेड पाइन्ट र बोल्ड कलर

- एक्सट्रेक्ट, फ्लोरल, स्ट्राइप्स वा ज्योमेटि्रक प्रिन्टेड पाइन्टमा विकल्प पाइन्छ।

- फरक लुक चाहने हो भने कन्ट्रास्ट प्रिन्टको टप प्रयोग गर्न सकिन्छ। सिम्पल लुकका लागि सलिड कलर टपका साथमा पेयर गरी लगाउन सकिन्छ।

- आफ्नो लुकलाई टोन डाउन गरी ज्याकेट लगाउनुपर्छ।

फ्लोरल प्रिन्ट्स

- फ्लोरल प्रिन्ट ड्रेस, म्याक्सी, पाइन्ट, सोर्टस सबैमा खुल्छ।

- ग्रीन, रेड, पिंक र एलो जस्ता फ्रेस स्प्रिङ कलर्स छनोट गर्नुपर्छ।

- प्रिन्टलाई मिक्स एण्ड म्याच र लेयरिङ गरी लगाउनुपर्छ।

- फ्लोरल प्रिन्ट सफ्ट फ्लाई फेब्रिकजस्तै सिफन र जर्जेटमा सुन्दर देखिन्छ।

- मेकअप मिनिमम नै राख्नुपर्छ।

जम्पसुट्स र प्लेसुट्स

- टेलर्ड जम्पसुट अफिस वेयरका लागि उपयुक्त हुन्छ भने सिल्कका सिक्वेन्ड जम्पसुट इभिनिङ लुकका लागि।

- यसलाई क्रप्ड ज्याकेट र स्टेटमेन्ट नेकपिसका साथ टिम अप गरी लगाउनु राम्रो हुन्छ।

गाउन, ड्रेप ड्रेस र न्युड सेड्स

- इभिनिङ वेयरका रूपमा लगाउनुपर्छ।

- अफ सोल्डर वा वन सोल्डर स्टाइलिस हुन्छ।

- एम्बेलिसमेन्टलाई मिनिमम राख्नुपर्छ।

फुटवेयर सेलेक्सन

प्रिन्टेड वेजेज तथा ब्लक हिल्स मनसुनका लागि बेस्ट मानिन्छ। वर्षतमा पेन्सिल हिल्स र स्टिलिटोजबाट टाढै रहनुपर्छ।
क्यान्डी कलरमा फल्याट प्लास्टिक रबरको शुज र स्लीप अन पनि यो सिजनमा उपयुक्त हुन्छ।
प्लास्टिकको फन्की सुज पनि फेसनमा पाइन्छ।

बूटले मनसनुमा स्मार्ट लुक प्रदान गर्छ। त्यसलाई वेस्टर्न पहिरन सित टिमअप गर्न सकिन्छ।
आटफिटसित पहिरन म्याच गराउनु पुरानो कुरा भैसकेको छ। फरक लुकका लागि मिक्स म्याचको नयाँ फर्मूला बनाउनुपर्छ। नयाँ एक्सपेरिमेन्ट गर्नुपर्छ। जस्तै यदि ब्ल्याक एन्ड ह्वाइट ड्रेस लगाउनु छ भने नियन पिन्क कलरको फुटवेयर छान्नुपर्छ।

वाटरप्रुफ, स्लीपअन, स्लीपर्स र फलीप फलपको ठूलो रेञ्ज मार्केटमा उपलब्ध छ र यो विशेष गरी मनसुनका लागि नै हो। यदि स्यान्डल लगाउने हो भने स्यान्डल पछाडि स्ट्रेप भएको होस् भन्ने कुरामा विचार पुर्‍याउनु पर्छ। यसले चिप्लने डर कम गर्छ।

वर्षात्को मौसममा दुई इन्चभन्दा बढी अग्लो हिल लगाउनु हुँदैन। यसले आरामदायक ढंगले आवत-जावत गर्न सजिलो हुन्छ।sptk:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com