वाटरप्रुफ मेकअपको बढ्दो मागलाई विचार गर्दै मेकअप प्रोडक्ट्स बनाउने कम्पनीहरूले वाटरप्रुफ मेकअप प्रोडक्ट्स बजारमा उतारिरहेका छन् । यी प्रोडक्ट्सभित्र छालाको रौंछिद्रलाई बन्द गर्ने तत्त्व हालिन्छ । यसबाट मेकअप छालाभित्र जान पाउँदैन र पसिना वा पानीले त्यसलाई बगाउन सक्दैन ।
वाटरप्रुफ मेकअपको अझ अर्को विशेष कुरा हो- यो चिया, कफी आदि पिउँदा पनि खराब हुँदैन । व.षर्ाको पानीबाट सुरक्षित सौन्दर्यको चाहना पूरा गर्ने विकल्प हो-वाटरप्रुफ मेकअप । रेन डान्स र स्वीमिङ पुलमा मज्जा लिँदा पनि वाटरप्रुफ मेकअपले प्रभाव देखाउँछ ।
ब्युटी एक्सपर्टहरूका अनुसार सामान्य मेकअप पसिना आउँदा छालाको रौंछिद्रमा घुलेर भित्र जान्छ जसका कारण मेकअप बिग्रन्छ । मेकअप रौंछिद्रका माध्यमबाट शरीरभित्र नजाओस् भन्ने हेतुले नै वाटरप्रुफ मेकअप गरिन्छ । छालाको रोमछिद्रलाई बन्द गरी गरिने मेकअपलाई नै वाटरप्रुफ मेकअप भनिन्छ ।
वाटरप्रुफ मेकअप प्रोडक्ट्स...
वाटरप्रुफ मेकअपको बढ्दो मागलाई विचार गर्दै मेकअप प्रोडक्ट्स बनाउने कम्पनीहरूले वाटरप्रुफ मेकअप प्रोडक्ट्स बजारमा उतारिरहेका छन् । यी प्रोडक्ट्सभित्र छालाको रौंछिद्रलाई बन्द गर्ने तत्त्व हालिन्छ । यसबाट मेकअप छालाभित्र जान पाउँदैन र पसिना वा पानीले त्यसलाई बगाउन सक्दैन ।
वाटरप्रुफ मेकअपको अझ अर्को विशेष कुरा हो- यो चिया, कफी आदि पिउँदा पनि खराब हुँदैन । यस प्रकारको मेकअप प्रोडक्ट्सबाट मेकअप गर्दा छालालाई वाटरप्रुफ गर्नु आवश्यक हुँदैन । वाटरप्रुफ मेकअप प्रोडक्ट्समा क्रिम, लिपिस्टिक, फेस बेस, रुज, मस्कारा, गाजल आदि सबै सरसामान उपलब्ध छन् ।
सावधानी...
वाटरप्रुफ मेकअप प्रोडक्ट्सलाई सिलिकन प्रयोग गरी बनाइएको हुन्छ । यिनमा प्रयोग गरिने डाइनोथिकोन ओयलले छालालाई चम्किलो बनाउँछ । यसले वाटरप्रुफ मेकअपलाई फैलन सहयोग गर्छ । वाटरप्रुफ मेकअपका केही खराबी पनि छन् । वाटरप्रुफ मेकअपलाई हटाउन पानीको प्रयोग पर्याप्त हुँदैन । यसलाई हटाउन बेबी ओयल वा सिलिकन ओयल प्रयोग गर्नुपर्छ ।
वाटरप्रुफ मेकअपको प्रयोगले छालामा खराब प्रभाव पर्ने सम्भावना हुन्छ । छालामा इन्फेक्सन हुन्छ । धेरै प्रयोग गर्नाले समयभन्दा पहिले नै चाउरी पर्न थाल्छ । वाटरप्रुफ मेकअपको प्रयोग विशेष अवसरमा मात्र गर्नु ठीक हुन्छ, दैनिक शृंगारमा यसको प्रयोग गर्नुहुँदैन ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै