गजल I



मेरो माया आजभोली पराई हुन थाल्यो
हिमालसंग छुट्टिएर तराई हुन थाल्यो

भेट्दिन म आँखाभरि कता तिमी गाकी छौ?
आफ्नै मायासामू पनि हराई हुन थाल्यो

कता गए ती मुस्कान ओठभरि छाउने?
पीडा मात्रै छातीभित्र छराई हुन थाल्यो

साथै राख्छु प्यारो मान्छे सपनाहरु साँच्थें
चोड्यौ आखिर् डेरा अन्तै सराई हुन थाल्यो

तिम्रो नाप जप्थें हिजो तिम्रै लागि बाँच्थें म
मुटु टुक्र्यो साँच्चै अब मराई हुन थाल्यो

राजेश रुम्बा लामा 'अतृप्त'

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com