मिस लिटिल नेवा-२०१२ I

नेवार समुदायका बालिकाहरूको प्रतिभा तथा सौन्दर्य प्रदर्शन गर्ने प्रतियोगिता मिस लिटिल नेवा-२०१२ मा ३६ जनाले प्रतिस्पर्धा गर्ने भएका छन्। आयोजक नेप्लीज फेसन होमले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी भदौ ८ गते शुक्रबार निर्णायक प्रतिस्पर्धा सम्पन्न हुने जनाएको छ। 

प्रतियोगितामा सहभागी बालिकाहरू विगत तीन सातादेखि प्रशिक्षणमा व्यस्त छन्। प्रतिस्पर्धाहरूलाई राजु नापितले नेवार भाषासम्बन्धी प्रशिक्षण दिइरहेका छन् भने कोरियोग्राफर रोहिया महर्जनले उनीहरूलाई र्‍याम्प गतिविधिसम्बन्धी प्रशिक्षण दिइरहेकी छिन्। प्रशिक्षणकै क्रममा सहभागी बालिकाहरूले ट्राफिक प्रहरीको केन्द्रीय कार्यालयको स्थलगत भ्रमण गर्दै ट्राफिक नियमसम्बन्धी जानकारी लिएका थिए। 

यसबाहेक उनीहरू तस्बिर स्टुडियोमा सम्पन्न सामूहिक फोटोसेसनमा पनि सहभागी भए। उनीहरूमध्ये एक जनाले निर्णायक प्रतियो गिताको दिन मिस पिक्चर पर्फेक्टको शीर्षक उपाधि पाउनेछिन्। प्रतियोगिताको ट्यालेन्ट शो भोलि शनिबार सम्पन्न हुँदैछ। उत्कृष्ट प्रतिभा प्रदर्शन गर्ने एक जना बालिकाले मिस ट्यालेन्टको उपाधि जित्नेछिन्। प्रतियोगितामा विभिन्न शीर्ष उपाधिसमेत प्रदान गरिनेछ। spk:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com