तोडफोड र आगजनी गरेकोमा चार बिध्यार्थिलाई रेसटिकेट र दुइ-लाख जरिवाना I

बाग्लुङ, भदौ ६,

दिलीप पौडेल :- धौलागिरी बहुमुखी क्याम्पसमा बीबीएस दोस्रो वर्षका विद्यार्थीले तोडफोड र आगजनी गरेको घटनामा क्याम्पस प्रशासनले चार जना विद्यार्थीलाई कारबाही गरेको छ।

बीबीएस दोस्रो र्वषमा अध्ययनरत बानपा- ५ का दिनेश पन्त, बानपा-६ का देवेन्द्र उपाध्याय, पैयूपाटा-७ का सन्तोष रिजाल र अर्जुन रिजाललाई २ लाख रुपैयाँ जरिवाना र एक वर्ष रेस्टिकेट (क्याम्पसमा अध्ययन र परिक्षामा सहभागी हुन नपाउने गरी) कारबाही गरेको हो।

हरीमा सार्वजनिक मुद्दा दायर गरेको क्याम्पस प्रशासनले गत बुधबार सर्वपक्षीय छलफलपछि मुद्दा फिर्ता लिएको भए पनि फेरि दुई लाख जरिवानासहित एक वर्ष रेस्टिकेट गरी कारबाही गर्ने सुचना सार्वजनिक गरेको हो। क्याम्पस प्रमुख आनन्द शिलवालद्वारा हस्ताक्षर गरी प्रकाशित बिज्ञप्तिमा तोडफोड र आगजनीको घटनामा संलग्न विद्यार्थीलाई कारबाही गरेको उल्लेख छ। तत्कालिन अवस्थामा पठनपाठन बन्द गर्ने निर्णय गरेको क्याम्पसले गत बुधवार क्याम्पस प्रशासन, स्ववियु, विद्यार्थी संगठनका प्रतिनीधिबीच भएको बार्तापछि मुद्दा फिर्ता लिने निर्णयसँगै क्याम्पसमा पठनपाठन सुचारु गर्ने सहमति भएको थियो।

क्याम्पसले अचानक चार विद्यार्थीलाई कारबाही गर्ने निर्णय सार्वजनिक गरेपछि नेकपा एमालेको भातृ संस्था अनेरास्ववियु बाहेकका चार विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थी युनियनले निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन्।

स्वतन्त्र विद्यार्थी युनियनका सभापति चिरन्जिवी गौतम, नेपाल विद्यार्थी संघ क्याम्पस ईकाई अध्यक्ष उमेश गौतम, एनेकपा माओवादी निकट अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष होमनाथ चालिसे, नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य पदम खत्री र अखिल छैठौँ ईकाई अध्यक्ष कृष्ण आचार्यलेसंयुक्त विज्ञप्ति प्रकाशित गरी घटनाको छानविन गरी , सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन्।

पाँच विद्यार्थी संगठनद्वारा संयुक्त रुपमा हस्ताक्षर गरी प्रकाशित विज्ञप्तिमा यस अगाडि भएको सर्वपक्षीय सहमतिविपरीत कारबाहीको निर्णय गरेको ध्यानाकर्षण भएको जनाएका हुन्। NGK:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com