राजधानीको कोलाहल धूवाँधूलोबाट आजित भएकी सुगरिका गत साता धरानमा मज्जाले रमाइन्। उनी धरानको सौन्दर्यबाट पनि प्रफुल्ल भएकी हुनुपर्छ, त्यसैले त उनको धरान बसाइ उमंगमा बित्यो।
गत साता स्थानीय महिला व्यक्तित्व विकास तालिममा सहभागी हुन आएकी पूर्व मिस नेपाल सुगरिका धरानका चर्चित डिजे ललितसँगै स्थानीय पत्रकारहरूसँग पनि नाचिन्। त्यतिमात्र होइन, उनी आफैं पनि डिजेइङ गर्न तम्सिन्।
ललितले पनि यी पूर्व मिस नेपाललाई डिजेइङ सिकाइदिए। उनको डिजेइङमा डिजे ललितसँगै पत्रकार तथा केही मोडलहरू नाचे। सुगरिकाले अब राजधानीमा चाहिँ डिजेइङ गर्ने हुन् कि होइनन् ? प्रतीक्षाकै विषय हो। साप्ताहिक
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै