अब टीसर्टबाटै मोबाइल चार्ज Mobil Charge by T-shirt I

वैज्ञानिकहरूले यस्तो टिसर्टको आविष्कार गरेका छन् जसले विद्युतीय ऊर्जा संचित गर्नसक्छ। यसरी विद्युत् ऊर्जा संचित गर्न सक्ने टिसर्टको माध्यमबाट मोबाइल फोनका साथै अन्य ग्याजेटहरूको समेत ब्याट्री चार्ज गर्न सकिनेछ।

अमेरिकाको साउथ क्यारोलिनाका वैज्ञानिकहरूले यस्तो प्रविधिको विकास गरेका हुन्। उनीहरूले अब छिटै टिसर्टबाट चार्ज हुने ल्यापटप तथा स्मार्टफोन बजारमा आउने समेत बताएका छन्। अनुसन्धानका क्रममा प्राध्यापक जियाओडोङ ली तथा शोधकर्ता लिहोंग बाओले बजारबाट किनिएको एउटा टिसर्टलाई फ्लोराइडको घोलमा चोपेर सुकाइ अक्सिजन नभएको ओभनमा निकै उच्च तापक्रममा पोलेका थिए।

त्यस्तो उच्च तापक्रममा उक्त टिसर्टको धागोको रेसामा रहे को सेलुलोज भनिने पदार्थबाट कार्बन अणुहरू एक्टिभेटेड अर्थात् रासायनिक रूपमा सक्रिय भए। यसरी कार्बन अणुहरू एक्टिभेटेड भएको उक्त टिसर्टका रेसाहरूले इलेक्ट्रोडको काम गर्ने र समग्र टिसर्टले विद्युत् चार्ज संचित गर्न क्यापासिटरको काम गर्ने अनुसन्धानकर्ताहरूले प्रमाणित गरे। यसरी टिसर्टबाट बन्ने क्यापासिटरलाई उनीहरूले सुपर क्यापासिटर नाम दिएका छन्। साप्ताहिक

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com