ज्ञानेन्द्र तमुको गजल संग्रह "समर्पण" लोकार्पण I



आज मिति २०६९ साल श्रावण १९ गते मिर्मिरे मिडिया क्लब बबरमहल काठमाण्डौमा गजलकार ज्ञानेन्द्र तमुको गजल संग्रह "समर्पण" प्रमुख अथिति डा कृष्णहरि बराल र विशेष अथिति गीतकार एवं रेडियो कर्मी कलाकर्मी रमेश पौडेलको आथित्यमा लोकार्पण गरिएको छ ।

जोगिमारा धादिंग स्थाई बसोबास भएका जेन तमु भर्खरै वैदेशिक रोजगारीबाट स्वदेश फर्कनुभएको हो । उहाँको यो पहिले प्रयास रहेको छ जसमा उहाँले १०० वटा भन्दा पनि बढि गजलहरु संग्रहित गर्नुभएको छ।

नेपाल तमु विद्द्यार्थी छोंज धीं केन्द्रिय समितिले उक्त कार्यक्रम आयोजना गरेको थियो ।

बिना तमाङ 'सुनगाभा'
काठमाण्डौं

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com