गजल I



आफै चेत खान्छु आफ्नो पसिनाको खोली देख्दा//
त्यहि पनि रित्तो दोखी पुर्पुरोको झोली देख्दा//

आवश्यक्ता देख्दा मान्छे हुनै गल्ति भयो कि त,
सधै उस्तै हुन्छ भित्रि चाहनाको टोली देख्दा//

कर्म नित्य गर्छु खुशी दिन्छु भन्दै आफ्नालाई,
पाउ गली दिन्छ मिठो बोली पनि गोली देख्दा//

कती सास्ती खप्नु?एक जुनी बाँच्न पनि यहाँ,
मर्नु बेस लाग्छ स्वार्थि मानिसको चोली देख्दा//

हुन्छ भन्छ आश यहाँ श्वास रहुन्जेल सम्म
दू:ख गर्न आयो जोस "कल्पना"मा भोली देख्दा//

कल्पना राई
दोलखा नेपाल
हाल दक्षिण कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com