विदेश पठाउने र सरकारी जागिर दिलाई दिने भन्दै ५-करोड भन्दा बढी ठग्ने पक्राउ I

काठमाडौँ, भदौ १३ ,

विदेश पठाइदिने र सरकारी जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिहरुसँग ५ करोडभन्दा बढी ठगेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मनोजबहादुर सिंहलाई पक्राउ गरेको छ।

उनलाई मंगलबार काठमाडौँको रानिबारीस्थित भोजपुरे खाजाघरबाट पक्राउ गरेको ब्युरो जनाएको छ।
उनले बेलायत पठाइदिन्छु भन्दै २२ जनासँग प्रतिब्यक्ति रू ४ लाख देखि ८ लाखसम्म लिएको अनुसन्धानका क्रममा खुलेको ब्युरोले बताएको छ।

त्यसैगरी नेपाल प्रहरीमा जागिर लगाई दिन्छु भनी ३२ जनासँग प्रति ब्यक्ति ५० हजारदेखि ८० हजार, नेपाली सेनामा जागिर लगाई दिन्छु भनी १२ जनासँग प्रति ब्यक्ति ५० हजारदेखि ३ लाखसम्म असुली गरेको ब्युरोले बताएको छ।

त्यसैगरी बेलायत पठाउँछु भनी नक्कली भिसा उपलब्ध गराएर कुलदेव चौधरीबाट ५ लाख लिएको र अन्य १६ जनासँग ५ देखि १२ लाख लिएको, तुल्सी चौधरीसँग २४ लाख लिएको, जर्जिया पठाउँछु भनी मानबहादुर राईमार्फत् दुई जनाबाट १ लाख लिएको, मिनबहादुर कर्की र सुनिल कार्की समेत २० जना लाई बेलायत पठाइदिन्छु भनी १ करोड ५१ लाख लिएको, राज किशोर महत्तोसहित १५ जनासँग नेपाल प्रहरीमा जागीर लगाई दिन्छु भनि ३५ लाख लिएको अनुसन्धानमा खुलेको ब्युरोले बताएको छ। (नागरिक)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com