खोटी पार्यो अ्बा जती दारेर चमेराले
उजाड पार्यो बगैचा मेरो चारेर चमेराले
झ्याप्प झ्याप्प छोप्छ पखेटाले पालुवा
पलाउन दिदैन मुनाहरु बटारेर चमेराले
तुन्रुङ्ग झुन्डिन्छ नेताअहरु झै सत्तामा
घाउ पार्छ सबै फल्फूल कोतारेर चमेराले
दिउसो भएको भए ढुङ्गाले हान्ने थिए
आएर खान्छ अ्बा रात पारेर चमेराले
खाको खान्छ न खाको फाल्छ अ्बाहरु
सखाप पार्यो बर्बाद भुईमा झारेर चमेराले
केरा पाक्ने बेलामा त आउछ लुसु लुसु
जुठो पार्छ कोसाहरुमा दात गाडेर चमेराले
हैरान पार्यो चमेराले खान दिएन फल्फुल्
जुठो नखानुरे बिश छाड्छ डकारेर चमेरा ।
युग'योगी'राई
उर्लाबारि-१,मोरङ