सुन्दरता तनको होइन मनको हुनु आवश्यक छ I

बाहिरी सुन्दरता त हरेकले देख्छन् र त्यही सुन्दरताबाट प्रभावित हुन्छन् तर आन्तरिक सुन्दरताले जुन प्रभाव पार्छ त्यो कहिल्यै बिर्सन नसकिने हुन्छ । आन्तरिक सुन्दरताले कुनै व्यक्तिसँग नजिक्याउने र टाढा लाने काम गर्छ ।

आफ्नी प्रेमीकासँग दिक्क भएर डिप्रेसनमा गएका ती कर्मचारीले अब आफ्नो सबै समस्या आफ्नै कार्यालयकी एक महिला सहकर्मीलाई भनेपछि उनलाई अनौंठो आत्मबल प्राप्त भयो । उनलाई ती महिला सहकर्मीसँग कुरा गर्दा मन हल्का भएको अनुभव हुन्थ्यो ।

उनी आफ्नो घरको सबै समस्या बिर्सन्थे । उनलाई आत्मबल प्रदान गर्ने ती महिला सहकर्मी हेर्दा काली र मोटी थिइन् तर ती कर्मचारीलाई आफ्नी श्रीमतीको व्यवहारभन्दा ती सहकर्मीको साथ रमाइलो लाग्थ्यो ।

बिस्तारै-बिस्तारै दुवैमा प्रेमको भावना अंकुरायो र अन्त्यमा ती कर्मचारीले आफ्नी श्रीमतीसँग पारपाचुके गरी तीनै सहकर्मीसाग विवाह गरे । आज उनी दुई शिशुका बाबु भैसकेका छन् र उनी खुसी र आनन्दको जीवन बिताइरहेका छन् ।

आज उनकी दोस्री श्रीमती को मिलनसार र राम्रो व्यवहारका कारण उनकी आमाले पनि सुन्दरता तनको होइन मनको हुनु आवश्यक छ भन्ने कुरा बुझेकी छिन् । शारीरिक सुन्दरता केही क्षणका लागि हुन्छ तर आन्तरिक सुन्दरता जीवनभरिका लागि हुन्छ । sptk:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com