गज़ल I



देशमा गणतन्त्र आयेर के नै भयो र !
म र म जस्ता गरीब गुरुवा निर्दोष मज्दुर नै
बलिको बोका हुन परेको छ
नियम र कानुन बिहिन देश जस्तै
हत्या र हिङ्साको बाढी आएकोछ
सत्ता र कुर्सिको मोहमा आफ्नै सन्तति द्वारा
नेपाल आमा पटक पटक बलात्कृत भइ रहेकी छीन
एस्तो अन्याय मा फसिरहेको बेला
पर्दैन पठाउन शुभकामना सन्देशहरु
बरु सक्छौ भने पठाउ
नेपाल आमाको अस्मिता जोगाउने
मजबुत पहरेदार हरु
ति सम्पूर्ण देशद्रोही नेताहरुलाई एकै पलमा
सखाप पर्ने
अत्भुत शक्तिका पुन्जहरु ।।।

सुरेश बोहरा :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com