हेल्पिंग हेण्डस इन इजरायलको जरुरी सुचना I

इजरायलमा कार्यरत सम्पूर्ण सहयोगी मनहरुमा हेल्पिंग हेण्डस इन इजरायलको तर्फ बाट नमस्कार___/\___

दुखी:, पिडित र असहायहरुको नाममा दिनको १ सेकेल दान् गरौ कमसेकम आफ्नो कमाईको १% दान् गरी आत्मा सन्तुस्टीको अनुभूति गरौ भन्ने मूल नारा बोकेर २०११ डिसेम्बर महिनामा इजरायल स्थापना भएको संस्था हो हे.हे. इन इजरायल |

शुरुवातको अवस्थामा हेल्पिंग हेण्डस इन इजरायलका तत्कालिन प्रस्थापक र समर्थकको बिचमा समझदारी र सर्बसहमति गरी १ जना संम्रक्षक सहित १५ सदसिय कार्य समितिको गठन गरी संस्थाको जन्म भएको थियो |


संस्थाको स्थापना देखि हालसम्ममा सस्थाले धेरै सहयोगी कार्य गरिसकेको छ | जस्तै -संखुवासभाका चन्द्र बहादुर कटुवालकी ३ बर्षीय छोरी सरस्वती कटुवालको उपचार खर्च , त्यस्तै गोर्खा जिल्लामा सुहान सिंग गुरुङको घरमा भएको आगलागीबाट घाईते परिवारको लागि सहयोग त्यस्तै पोखरामा गएको बढी पिडित परिवार लाई हाल संकलन भईरहेको सहयोग अभियान र अहिले हामीसंग सहयोगको लागि अपिल भएका घटनाहरुलाई सहयोग गर्ने तयारी लगाएत सदस्य विस्तार गर्ने कार्यहरु हेल्पिंग हेन्डस इन इजरायलले गरेका महत्व पूर्ण कार्यहरु हुन् |


हेल्पिंग हेण्डस इन इजरायलको तदर्थ समिती गठन भएको ६ महिना बितिसकेको र साधरण सदस्य संख्या १०० जना भन्दा बढी भई सकेको यस अवस्थामा र कार्यसमितिमा पद रिक्त भई पदपूर्ति गर्नु पर्ने अवस्था समेत सिर्जना भएको हुदा हेल्पिंग हेण्डस इन इजरायलले इजरायलमा कार्यरत सम्पूर्ण सहयोगी मनहरुलाई समेटेर अगाडी बढ्ने सोच बनाएको हुदा आजको मितिले एक महिनाको समय सम्ममा नयाँ सदस्य विस्तार गर्ने त्यस पछाडी नयाँ, पुराना सम्पूर्ण सदस्यहरुको सहयोग , सल्ला,सुझाबको आधारमा भरसक सर्बसहमतिको आधारमा नभए बहुमतको आधार बाट भए पनी अगस्ट महिनाको दोस्रो हप्तामा हेल्पिंग हेन्डस इन इजरायलले पूर्ण रुपमा नयाँ कार्य समितिको चयन गर्न गई रहेको कुरा यहाँहरुलाई जानकारी गराउन चाहन्छौ |

इजरायलको कामको प्रकृतिलाई हेरेर हामीहरुले धेरै जसो काम र धेरै जसो निर्णयहरु इन्टरनेटको मध्यम बाट नै लिनुपर्ने बाध्यता भएको हुदा हे.हे.इन इजरायल यहाँहरुलाई हार्दिक अपिल गर्न चाहन्छ ,

इजरायलमा कार्यरत सम्पूर्ण सहयोगी मनहरु तपाईहरु जो कोहि स्वत स्फुर्त रुपमा निस्वार्थ भाबनाले हे. हे. इन इजरायलको मूल्य र भावना भित्र रहेर यस सस्थाको कार्यसमिति भित्र बसेर कामगर्न चाहानु हुन्छ भने हामीलाई आफ्नो फोन नम्बर सहित प्रतिक्रिया दिनुहुनु वा इनबक्समा म्यासेज गर्दिनु हुन् अनुरोध गर्दछौ | हामी यहाँहरु बाट प्राप्त प्रतिक्रिया, सल्ला र सुझाबको आधारमा सर्बसहमतिबाट नयाँ कार्य समितिको चयन गर्नेछौ |

सर-सल्ला र प्रतिक्रिया दिदा भरसक "यस्तो किसिमले चै संस्था लाई अगाडी बढाउन सके सबैलाई समेटेर जान सकिन्छ भन्ने भिजन ? ? अर्थात् यदी म यस संस्था भित्र भए पूर्ण रुपमा सामाजिक कार्यमा लागि परेर काम गर्ने थिए ??? वा म संस्था भित्र बसेर कम गर्न चाहान्छु भन्ने खालका दिनु हुन् आग्रह गर्दछौ |

हे. हे. इन इजरायलको कार्य समितिमा बस्नको लागि अनिबार्य रुपमा यस संस्थाको सदस्य हुन आवस्यक छ |यस संस्थाको सदस्य लिन हे.हे.इन इजरायलको नाममा एडभान्स मनि ट्रान्सफरमा श्री कृष्ण ज्ञवाली ज्यु लाई मासिक ३० सेकेल नियमित रुपमा बुझाएमा स्वत यस संस्थाको सदस्य भएको मानिने छ | धन्यवाद...

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com