कबिता : By, केशव लामा(क्षितिज)



पानी सरी जिन्दगी यो
पानी जस्तै बग्न खोज्छ
कर्कलको पानी जस्तै
ढल्मलिएर चल्न खोज्छ

साउनको भेल जस्तै
उर्लिएर बग्छ यो त
हिमालको मुहार जस्तै
कहिले हाँस्छ,रुन्छ पो त

सिमलको भुवा जस्तै ,
कहिले उड्छ कहिले झर्छ
आकाशको बादल जस्तै
गडमडिएर झर्न खोज्छ

रोधी घरको मादल जस्तै
आफ्नै धुनमा बज्न खोज्छ
संगीतको सूर जस्तै ,
आफ्नै सुरमा ब्यस्त हुन्छ

खोली बीचको माछा जस्तै
आफ्नै कुवामा लुक्न खोज्छ
नेपालको छोरो म त
नेपाल भित्रै झुक्न खोज्छ

जती सुकै झुक्न खोजे
पानी जस्तै सुक्न खोज्छ
पुष्प जस्तो जिन्दगी यो
ओईलिएर झर्न खोज्छ

फुल्दा फुल्दै टिपे जस्तै
जवानी मै टिप्न खोज्छ
पीडा जती भुल्न खोज्छु
झनै मुटु दुख्न खोज्छ

हुरी जस्तै जिन्दिगी यो
हुरी सँगै चल्न खोज्छ
यात्रा जस्तै जिन्दगी यो ,
यात्रा बिच मै गल्न खोज्छ

बश यात्रा बिच्मै गल्न पुग्छ !!!

केशव लामा(क्षितिज)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com