कबिता I



चल्छन् भने चल्न देउ किराहरु स्याँउ स्याँउ
भुक्छन् भने भुक्न देउ कुकुरहरु ख्याँउ ख्याँउ

मुसाहरु बैठक् बस्छन् घण्टी बाँध्न बिरालोमा
सातो पुत्लो उड्छ सुने बिरालोको म्याँउ म्याउँ

पाएसम्म काट्छन् कुरा नपाएमा धस्छन् छुरा
भोकै रैछन् आफ्नै छाला चपाउँछन् च्याँउ च्याँउ

जिम्मा कस्ले लेको छ र? ऐरे गैरे जोसुकैको
छोड भैगो कराओस तिनीहरु क्याँउ क्याँउ

हार्न मैले जान्या छैन अझै पनि हार्दिन म
लाग्न थाल्यो फेरि पनि संसार् जिती ल्याँउ ल्याँउ

बिना तामाङ 'सुनगाभा'
काठमाण्डौं

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com