अनशनमा बसेका प्राध्यापकको स्वास्थ्य स्थिति नाजुक I

काठमाडौं, असार २३,

दीपक दाहाल :- तीन दिनदेखि आमरण अनशनमा बसेका त्रिवि चिकित्साशास्त्र अध्ययान संस्थानमा  डा. प्राध्यापक गोविन्द केसीको स्वास्थ्य नाजुक बन्दै गएको छ। उनको स्वास्थ्य जाँचमा खटिएका चिकित्सकले भने- ‘अवस्था बिग्रिदो छ, तत्काल अनशन तोडाउने प्रयास नगरे स्वास्थ्यमा कुनै पनि दुर्घटना हुनसक्छ।'

उता अनसनमा बसेका डाक्टर केसीले भने बिग्रँदो संस्थाको तुलनामा आफ्नो स्वास्थ्य गौर्ण भएको बताएका छन्। बरिष्ठता, योग्यता र दृष्टिका आधारमा डिनलगायतका पदाधिकारी नियूक्ति गर्नुपर्ने माग राख्दै डा.केसीले बिहीबारदेखि आमरण अनसन सुरू गरेका थिए।

स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि अनशन छाड्न सहकर्मी चिकित्सकहरू आग्रह गरिरहँदा डा.केसीले नागरिकसँग भने, ‘देश र आइओएमकै अवस्था यस्तो छ, भने मेरो स्वास्थ्यको केको चिन्ता?' उनले आफ्नो स्वास्थ्यप्रति चिन्ता व्याक्त गर्ने चिकित्सकहरू धन्यवादसमेत दिए।

केसीको पिसाबमा एसिटोनदेखिएपछि चिकित्सकहरू समिति बनाएर स्वास्थ्य परिक्षणका लागि विशेषज्ञ टोली नै परिचालन भएको छ। विशेषज्ञ टोलीका सदस्य फिजिसियान डा.भुपेन्द्र बस्नेतले शरिममा न्यूटि्रसन नपुगेर स्वास्थ्य नकारात्मक दिशामा अगाडी बढिरहेको बताए। ‘अवस्था विग्रिदो छ, तत्काल अनशन तोडाउँने प्रयास नगरे, स्वास्थ्यमा कुनै पनि दुर्घटना हुनसक्छ' डा.बस्नेतले भने। न.जी.

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com