विवाहप्रति आकषिर्त भएजस्ता गीत गाए पनि हालैको एक दिन कोमल वलीले फ्याट्ट भनिन्- 'बिहे ? झ्याउ लाग्छ।' अब उनी कतै विवाहबाट टाढै भागिसकेकी हुन कि जस्तो उनको अनुहारले बताउँथ्यो। आकर्षक, वाकपटु तथा खाइलाग्दो संरचनाकी वली अहिलेसम्म अविवाहित नै छिन्।
कहिले बिहे भा छैन, पोइला जान पाम, कान्छी बूढी नल्याऊन् मेरा बूढाले तथा कहिले गोजीमा गााठ भा'को मर्द आएन जस्ता गीत गाउने कोमल किन आफ्ना गीतभन्दा फरक विवाहबाट टाढा पुगिन् होला ? कोमल भन्छिन्- 'समयले मलाई यति व्यस्त बनाइदियो कि विवाहलाई निर्वाह गर्न छुट्टै समय निकाल्न सकिना।' भनेपछि त 'कन्र्फम' नै भयो, अब उनी कसैकी हुनेवाला छैनन्, तर भविष्य कसले पो देखेको हुन्छ र ? उनको विवाह भएको देख्न चाहनेहरूले आशा मारिहाल्नुचाहिँ हुँदैन। यसपटकको तीजमा पनि उनले श्रीमान्कै बारेमा गीत गाएकी छिन्।
'कोमल वलीको पतिदेवका लागि' गीति-संग्रह श्रोतामाझ ल्याउने तयारीमा रहेकी कोमलको गीतमा पतिदेवका लागि व्रत बसेको शब्द समेटिएका छन्। कोमलका आफ्नै गीतले उनलाई विवाहको झ्याउबाट मुक्त गरेर विवाहको बाटोमा डोर्याउलान् कि ? spk:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै