गज़ल I

देश लुटी नाङ्गो भयो राक्षशी ति नेता बाट |
करोडौको सपना उड्यो धुलो सरि हामि बाट ||

जंगली ति हुतिहारा सहर मुखी भएपछी|
देशमा सान्ति नहुने भो जति धर्य गरेपनि ||

बिदेशित बाठो बरै श्रम लुट्यो हामी बाट|
सिंचाई गर्छ मरुभूमि पसिनाको खोलाबाट ||

खुन खान पल्किएका किर्नासरी नेता हरु|
होसियार जनता अब नाम फेर्छ्न किर्ना हरु||

हजारौको खुन खादै कुर्ची सामु पुगे कति |
औस बण्डा गर्दै छन लडाएर जनजाति ||

अरबौ ले पुगेनर कत्रो छ हो पेट तिनको |
जंगली न परे सबै बांदरेकै चाल यिनको||

नालायक प्रदेशमा श्रम बेची नेता पाल्ने |
नगरौ हो साथी अब श्रम बेची सोसक पाल्ने ||

सुरेश बोहोरा (गुल्मी )


तुराङ ८ झुर्म गुल्मी


हाल: दोहा, कतार

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com