मौसमले संकेत गर्यो, फेसनले काँचुली फेर्यो अनि कल्पनाले केही विशेष देखिने चाहना राख्यो र हामीले समर कलर्सलाई तनमा सजाउन थाल्यौं। फेसनेबल र स्टाइलिस देखिन बदलिँदो फेसनअनुसार केही परिवर्तन आत्मसात् गर्नुपर्ने हुन्छ।
समर ब्राइट-बोल्ड कलर्स र सफ्ट न्युट्रलको सिजन हो। ट्रेन्डका साथमा हिँड्न यिनलाई आपmनो वार्डरोबमा समावेश गर्नुपर्छ।
समरमा कम्र्फटको विशेष ख्याल राख्नुपर्छ, जुन आउटफिटमा कम्फर्टेबल महसुस हुन्छ, त्यही आउटफिट छनोट गर्नुपर्छ।
अहिले फेरि सत्तरीको दशकताकाको ग्ल्यामरस लुकको आगमन भएको छ।
७० को दशकताकाको रेट्रो लुक इन छ। यसका लागि एक दुई जोर वाइड लेग पाइन्ट आफ्नो वार्डरोबमा समावेश गर्नुपर्छ।
वन पिस जम्प सुट्स तथा प्ले सुट्स यो वर्षको समरमा पनि चल्ने देखिन्छ।
नि-लेन्थ ड्रेस र स्कर्टलाई आफ्नो समर वार्डरोबमा समावेश गर्नुपर्छ।
हाई वेस्ट फ्लेयर पाइन्ट यो समरमा फेसन वल्र्डको पर्फ]{ट च्वाइस बन्ने देखिन्छ। यिनलाई फ्लावरी पि्रन्टको टपका साथमा टिम गरी लगाउनुपर्छ। स्मार्ट लुकका लागि स्किनी बेल्ट पनि प्रयोग गर्नुपर्छ।
लङ वाइस सर्ट-पाइन्ट पनि फेसनमा रहने देखिन्छ। यिनलाई फेमिनाइन टप र स्मार्ट फि्लप-फ्लप वा हिल्सका साथमा लगाउनुपर्छ।
ड्रेप र प्यान्ड ड्रेसेस पनि आजभोलि इन छ। इभिनिङ पार्टी वा गेट टुगेदरका लागि त्यसको प्रयोग
गर्न सकिन्छ।
हिजोआज स्लिब्सका साथमा पर्याप्त एक्सपेरिमेन्ट गरिँदैछ र यो एक्सपेरिमेन्ट समरमा पनि देख्न पाइनेछ।
म्याक्सीको फेसन आउट भएको छैन, यसलाई पनि आफ्नो वार्डरोबमा समावेश गर्नुपर्छ।
यो समरमा वन सोल्डर ड्रेस फेसन डिजाइनर्सको हट च्वाइस बन्नेछ।
ट्रान्सपरेन्ट फेबि्रकलाई ब्राइट कलर तथा पि्रन्टका साथमा लेयर गरी लगाउन सकिन्छ। यो सुन्दर तथा स्टाइलिस देखिन्छ।
कम्फर्टेबल लुकका लागि फ्लोइङ पाइजामा लगाउनुपर्छ, जुन फेसनमा छ र सुन्दर पनि देखिन्छ।
क्रोसियाका पहिरन पनि समर फेसनमा इन रहन्छन्।
लेसको फेसन पुनः आगमन भएको छ र यो सिजनमा यसको प्रयोग मात्र इभिनिङ वेयर र लिंगरीमा मात्र नभई ड्रेस, स्कर्ट, ट्युनिक, फुटवेयर एवं ह्यान्ड ब्यागमा समेत गरिनेछ।
केप्री र कार्गोज समरका लागि पर्फ]{ट सेलेक्सन हो र यो कम्फर्टेबल पनि हुन्छ।
सर्ट कटन स्कर्ट र पि्रन्टेड हाफ पाइन्ट पनि यो मौसमका लागि पर्फ]{ट छ।
स्पेसल अवसरका लागि जेकार्ड कटन वा बनारसी कटनका अनारकली छनौट गर्नु राम्रो हुन्छ। यसले एलिगेन्ट लुक प्रदान गर्छ र समरमा कम्फर्टेबल महसुस गराउँछ।
र्फमल लुकका लागि टेलर्ड ब्लेजर, फिटेड कार्डिगन र टाईको छनोट उपयुक्त हुन्छ।
पार्टीका लागि सर्ट सियर ट्युब ड्रेस सही च्वाइस हुन्छ वा लङ फ्लोइङ गाउन वा पि्रन्टेड गाउन पनि
सुन्दर देखिन्छ। spk:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै