नारी-आमा र मातृभूमि-लेख I

तमिल्नाडुका एकजना सदगुरुले भनेका छन्,'पुरुषले नारी बाट अलिकति मात्र करुणा सिकेको भए यो संसारमा पहिलो र दोस्रो बिस्वयुद्द हुने थिएँन,अथवा नारीहरु प्रत्येक देशमा नेता भएको भए हरेक देशले हातहतियार जम्मा गर्नुको साट्टो मानव कल्याण सोच्थे होलान!'

बौद्दिक इतिहासमा एउटा प्रसिद्द भनाइ छ,'प्रत्येक बिज्ञान एउटा दर्शनका रुपमा शुरु हुन्छ र त्यसको अन्त्य एउटा कला/ काव्यका रुपमा हुन्छ!' बिनाशर्त र निस्वार्थी माया दिने एकै मात्रै हुन्छ,त्यो हो 'आमा' र एकै मात्रै भुमि हुन्छ-त्यो हो 'मातृभूमि'! त्यो राष्ट्रले सम्पूर्ण नेपालि जहा रहेपनि,गएपनि फर्केर आउनु पर्दा आश्रय दिन्छ
!

नाटककार बालकृष्ण सम भन्छन,'देश भक्ति त मर्दैन चुत्थै देश भएपनि'!देश र राष्ट्रप्रतिको भावनात्मक र संवेदनशील सम्बन्धको अनुभूति 'राष्ट्रियता' हो! राष्ट्रियता डगमगाउने खालका आजकाल धेरै जल्दा बल्दा उदारण देख्न पाइरहिएको छ!स्वत्तन्त्र सत्तालाई बाच्न दिन स्वतन्त्र देश चाहिन्छ!त्यसैले देश खरानी हुन् लागेको देख्दा देख्दै देश र आफ्नो अस्तित्वको लागि केहि रचना नगर्ने गीतकार,साहित्यकार,कलाकार र बिदेशमा बसेर देशमा यस्तो भएन उस्तो भएन भनेर गुनासो मात्रै गर्ने तर आफुले कमाएको पैसा (२ रुपैया बढी पाउने लोभमा) बैधानिक प्रणाली हुदा हुदै पनि अबैधानिक बाटो अपनाउने,( जसले राष्ट्रलाई फाइदा होइन बेफाइदा गरिरहेको हुन्छ) बिदेशमा कर्म गरिरहेका नेपालि महिलाहरुलाई आफै नेपालि भएर शोषण गर्नपछी नपर्ने,गिद्दे दृष्टि लगाउने ,बेइज्जत गर्ने ,आत्मा-सम्मानमा चोट पुर्याउन पछी नपर्ने आदि नेपालि भनाउदाहरुको के काम...?

महिलाहरुले आमा बनेपछि जीवनमा रमाइलो र संघर्ष दुवै पक्ष भेट्टाउछन !सन्तानको माया कति हुदो रहेछ,आमाले मात्रै जान्दछिंन , दु:ख भित्र पनि सुखको अनुभव गर्छन!यस्तै रमाइलो वा दु:ख भित्र पनि सुखको अनुभूतिलाई छोड्न बाध्य महिलाहरु सुन्दर भविष्यको कल्पनामा दु:ख,पिडा र बिछोडलाई सहदै प्रवासमा संघर्ष गरिरहेका छन्! एउटा घर राम्ररि चलाउन,प्रेम सद्भाव,बिस्वास र इमान्दारिता चाहिन्छ,त्यसको अभावमा घर घर रहन्न!त्यहि घर चलाउने महिला जातिलाई कर,बल,छालले आफ्नैको सिकार भएर नेपालका थुप्रै चेली बेचिन्छन,कामका लागि खाडी पुर्याइन्छन् कति छत बाट हाम्फाल्न बाध्य हुन्छन,कति भित्र भित्रै जिउदै सयौ पटक मरिरहेका हुन्छन ! 

यस्तै देशको स्थितिले गर्दा लाखौ नेपालि युवा युवतीहरु बिदेशिनु परेको छ! प्रत्येक दिने जसो बिदेशमा बस्ने नेपालीहरुले अकालमै ज्यान गुमाएको,आत्माहत्याका घटनाहरु बढिरहेका छन्,आइरहेका छन् ! विवशता र बाध्यताले परदेशिएका नेपालि महिलाहरुको पिडा पनि मननीय,दर्दनाक छ! पारिवारिक बिखन्डन,सम्बन्ध बिच्छेदका घटनाहरुहरु पनि बढिरहेका छन्! नेपालमा हुदा राम्रो सम्बन्धका भएका जोडी पनि बिदेशमा आइसकेको केहि समय पछी साधारण खटपट,इन्टरनेट संजाल(फेसबुक,स्काइपा,रकम वा आफै सक्षम भएका आदि) कारण देखाउदै एक अर्काको अनुहार सम्म नहेर्ने भएका छन् भने नेपालमा भएका आफ्ना सन्तान,परिवारहरु अलमलमा छन्,सन्तानहरु डिप्रेसन (अवसाद) को सिकार भइरहेका छन्!

नेपालमा होस् या बिदेशमा अर्का विकृतिका कारण मौलाइरहेको छ-निलो (अश्लिल) चलचित्र'!प्रत्येक का हातमा मोबाइल र साथमा यस्ता अश्लिल भिडियो पनि छन्,!बिभिन्न चर्चित व्यक्तिहरुका अश्लिल भिडियो बाहिर आएका छन्,यसै कारणले आत्महत्या गरेका घटना पनि छन्..!यसमा हामीले होसयारी चाहि अपनाउने पर्छ!क्षणिक मनोरंजन र आनन्दको लागि जीवन भरिको लागि श्राप नबनोस!जीवन समाप्त गर्ने कारण नबनोस! अर्का पक्ष -पोर्न साइटहरु इन्टरनेट मा त्यतिकै खोजि(गुगल सर्च) हुने कुरा अध्यनले बताएका छन् !

यसले आउने हाम्रा सन्ततिलाई कहा पुर्याउला...?तपाइँ हाम्रा सन्तान यस्तो कुलतमा त फसेका छैनन्?.बिचार पुर्याउनु होला..!.के यो खुल्दै गएको समाज हो कि बिकृति..?यसको कारण के हो...त् ? यसको लागि नेपालि केहि उखानहरू पढेको थिए,-एउटा वयस्क अशिक्षित ब्यतिलाई खालि कागजको पाना दिइयो भने उसले त्यसलाई सुर्ती खाने चुरका रुपमा प्रयोग गर्न सक्छ,अनि त्यहि कागज शिक्षित व्यक्तिलाई दिदा उसले त्यसलाई महत्वपूर्ण लेख लेख्न सक्छ!

एउटा जंगली बादरलाई लौरो दिनुभयो भने त्यो बादरले त्यो लौरो या त हेरिरहन्छ,टोक्छ वा तपाइँ माथि प्रहार गर्न सक्छ तर सदाइएको बादरलाई त्यो लौरो देखाउनु भयो भने त्यसले लौरो लिएर कुशल खेल प्रदर्शन गर्छ!
नेपालमा एक जना कन्डम हाउसका (यौन सामाग्री बिक्रि गर्ने व्यक्ति) मालिकले यस बारेमा यसरि व्याख्या गरेका थिए.'नेपाल कृषिप्रधान देश हो,यो देशका जनताले मकैखेतिका बारेमा यसरि खोजि(सर्च) गरेको भए अचम्म मान्नुपर्थ्यो !उनीहरु जन्मदै कृषक परिवारको सदस्य भएकाले मकैबालिका बारेमा उनीहरुले जानकारी खोज्न आवस्य मानेनन् ,कुरा के हो भने जाने बुझेको कुरामा मानिसहरु सामान्य ढंगले खोजि गर्छन,तर यहा १६ बर्ष पार गरिसक्दा पनि व्यक्तिलाई यौन सम्पर्गको बिषयमा कुनै जानकारी नदिएपछि गुगलमा यौन खोज्नु बाध्यता हो!

हामीले यहा सिकेका सिप,ज्ञान आदिलाई सकारात्मक सोचका साथ कसरि सदुपयोग गर्न सक्छौ भन्ने मनन गर्ने बेला आएको छ! महिला पुरुष दुवै मिलेर अगी बढ्दा मात्रै एउटा सभ्य र स्वच्छ ..समाजको निर्माण गर्न सकिन्छ, जसले गर्दा आउने हाम्रा सन्ततिहरुले पनि हामीलाई सम्झिरहने छन,'के राम्रो काम गरेछन हाम्रा अघिल्लो पुस्ताले जसको भरपुर फाइदा हामीले उठाउन पायौ भनेर'!

जगन कार्की 
झापा, हाल इज़रायल 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com