क्षमता अभिवृद्धिका लागि सौन्दर्य कला प्रतियोगिता I

नेपालका सौन्दर्य व्यवसायीलाई लक्षित गरी तेस्रो संस्करणको 'ब्राइडल मेकअप एण्ड हेयर डु कम्पिटिसन' हुने भएको छ । यही असार २२ गते काठमाडौंको होटल र्‍याडिसनमा हुने उक्त प्रतियोगिताको आयोजक सौन्दर्य कला व्यवसायी संघ हो ।

नेपालभरि रहेका सौन्दर्य व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि प्रतियोगिता आयोजना गर्न लागिएको सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठले बताइन् । यसअघि सन् २००९ र २०१० मा भएको र २०११ मा विविध कारणवश हुन नसकेको प्रतियोगिताले यस वर्ष पुनरागमन गरेको हो .

श्रेष्ठ भन्छिन्, 'प्रतियोगितामा देशभरका ५ सयभन्दा बढी सौन्दर्य कला व्यवसायी सहभागी हुने अपेक्षा छ ।' श्रेष्ठका अनुसार प्रक्रिया पूरा गरेर सहभागी हुन आउनेहरूलाई व्यक्तिगत क्षमता अभिवृद्धि तथा सौन्दर्यसम्बन्धी तालिम पनि प्रदान गरिनेछ ।

सोही तालिमका आधारमा अन्तिम प्रतिस्पर्धाका लागि ३२ जनालाई छनोट गरी तिनलाई निश्चित अवधिसम्म क्लोज क्याम्पमा राखेर थप तालिम प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट हुने प्रतिस्पर्धीले बहुराष्ट्रिय कम्पनीहरूद्वारा प्रायोजित प्रमाणपत्र, आकर्षक नगद तथा अन्य पुरस्कार प्राप्त गर्नेछन् । नारी:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com