काठमाडौं, असार १७,
आगामी मंगलबार सम्पन्न हुन लागेको लिटिल लेडी प्रतियोगिताको अन्तिम चरणमा लिटिल लेडी प्रतियोगीहरुले शनिवार आ-आफ्नो प्रतिभा प्रदर्शन गरेका छन्। शनिवार सम्पन्न भएको सो प्रदर्शनमा २७ जना प्रतियोगीहरुले भाषण,नृत्य,खेल,गीत,अभिनय,बाद्यबाधन गरी छुट्टा-छुट्टै प्रदर्शन गरेका थिए।
धेरै प्रतियोगीले बिभिन्न गीतमा अभिनय सहितको नृत्य प्रर्दशन गरे भने केहीले अभिनय र भाषण गरेका थिए। प्रतियोगी याचना अधिकारीले गरेको'लैजारे 'बोलको गीतमा नृत्य सहितको अभिनयले दर्शकको ध्यान खिचेको थियो। प्रतियोगीहरु आर्या मिश्र,श्रुति भण्डारी लगायतको रिंग सहितको नृत्य,तथा अन्य नृत्य र अभिनयहरुले दर्शकको ध्यान खिचेको थियो।
लिटिल लेडीको छुट्टाछुट्टै प्रदर्शन आयोजकको छनोट नभएर प्रतियोगीहरु आफै भित्र भएको प्रतिभालाई बाहिर ल्याउने अवसर मात्रै दिएको आयोजकले जनाएका छन्। 'यो सोेको लागि मंच मात्र हामीले दियौं बाँकी सवै प्रतियोगी र अविभावककले नै गरेका हुन्'आयोजक संस्था काठमाडौ जेसिजका अनुप बैद्यले भने।
काठमाडौं जेसिज पुर्व अयक्ष संजयनाथ जोशी,गायिक बिमला राई,गायिका तथा संगीतकार संगिता राना प्रधान प्रदर्शनका मूल्यांकनटोली थिए। प्रतियोगीले प्रदर्शनबाट प्राप्त अंक अन्तिम प्रतियोगिताहरुमै जोडेर लिटिल लेडी छनौट गरिने आयोजकले जनाएका छन्।
असार १९ मा सम्पन्न हुने सो प्रतियोगितामा बिभिन्न वाक,सामान्य ज्ञान प्रश्नोत्तर लगायतका प्रदर्शनको आधारमा लिटिल लेडी छनौट हुनेछन्। यस बाहेक बिभिन्न फरक क्षमता तथा प्रदर्शनको आधारमा बिभिन्न नौ जना बिजेता बन्नेछन्। जसमा फस्ट रर्नर अप,सेकेन्ड रनर अप,लिटिल लेडी टयालेन्ट,लिटिल लेडी पपुलर,बेस्ट डे्रस अप,आदि पदवी हुनेछन्।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै