गजल I

पर्देशिएँ अभाव त्यो टार्न सकुँ भन्दै
भत्किएको घरको धुरी बार्न सकुँ भन्दै !
*
बाध्यतामा रुमलिंदै घर छोडी हिडे
दु;ख बाट परिवारलाई तार्न सकुँ भन्दै !
*
सन्तानको आसुँ देख्दा चिरा पर्छ छाती
गर्छु प्रण तिन्लाई खुशी पार्न सकुँ भन्दै !
... *
संघर्षमै बित्यो जीवन रहर बिर्सिएर
गरिबिको वस्ती अन्तै सार्न सकुँ भन्दै !
*
छोरा छोरी रुन्छन अरे आमा सम्झिएर
हिंडेकी छु पीडा जति मार्न सकुँ भन्दै !!

बिमला अधिकारी
रचना ; २० आषाढ २०६९

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com