अस्तित्व खोज्दै नारी !! I

नारीदर्पण डट-कम  :- संसार को सर्व-श्रेष्ठ प्राणि मनुष्य अझ यसो भनौं प्राणी जगतकै सबै भन्दा बुद्धिवान , चेतना युक्त सुन्दै कस्तो गर्भ महसुस हुन्छ : आज हामी २१-औं शताब्दीको आधुनिकता सँग पौठे जोरी खेल्दै अगाडी बडी रहेका छौं , यो यस युग को सकारात्मक पक्ष पनि हो तर यसै बिच आज पनि इनै मानवले मानव कै बेच-बिखनको खेति गरेको देख्दा : सर्व-श्रेष्ठ मानव माथिनै लडी-बडी गरि खिल्ली/ धज्जी उडाएको अनुभूत हुन्छ !!

साच्चै हामी मानव सचेत र सर्व-श्रेष्ठ श्रेणीमा काउन्ट हुन्छौं तर हाम्रो व्यभिचारी सोच र ब्यबहार भने बदलिएको छैन ! यत्र-तत्र सर्वत्र आज मान्छेले मान्छे कै खेद्दो गर्दैछन ! यहाँ बिशेस बिषय हो निरन्तर चेली-बेटी बेच-बिखंनको बर्षौ देखि दासत्वको दल-दलमा पिसिंदै आएको नारीहरु आज पनि यस कुहिरी मण्डल अँधेरो बाट निस्की सकेका छैनन् , आज नि उनको बेच बिखन हुन्छ , मोल-मोलाई हुन्छ बकैदा खेति नै हुन्छ भन्दा फरक नपर्ला आखिरी किन भैरहेको छ त यी सव ?

हाम्रो देशमा मात्र होइन पश्चिमी मुलुकमा पनि नारीहरु पूर्ण पीडा मुक्त चाही छैनन् तर त्यहाँ बनेका नारीका पक्षका कानुन बलिय छन् र हाम्रो जस्तो अबिकशित देशमा नियम कानुन हुँदै नभएको काहाँ हो र बनेका छन मजाले बनेकाछन तर ती राम्रा फाइलमा कतै सजिएर दराजमा थन्न्कियेका छन् ! यो भन्दा बिडम्भना के हुन् सक्छ हाम्रो लागि !

दुखद साथ स्विकार्दै भन्नै पर्छ आज दिन प्रति दिनको समाचारमा महिलालाइ कुटिएको , जलाइएको , बोक्सीको आरोपमा आँखा फोडिएको, ढाँटेर , छलेर , ललाई फकाई बिशेस गाउँका सोझा-साझा युवतिहरुलाई बेचिन्छ, मजाले कुनै बस्तुको मोल तोल गरे झैं मोल लगाइन्छ जब की त्यो बेच्ने मान्छे पनि कुनै नारी कै कोख बाट जन्म लिएको हुन्छ उसले दुइ पैसाको दर्शन गरे पछी उसमा दया भन्ने चिज बिल-कुल जाग्दैन बल्की उसमा लोभ-लालचको तेस्रो नेत्र खुल्छ र उ अझ प्रेरित हुन्छ बेच बिखन मै र चेली पीडाको चित्कार बाट कमाएको पैसाले मोज गर्छ मजाले !

धिक्कार छ ! समाजका यस्ता कु-तत्वा हरुको अकल्पनीय ब्यबहार बाट : आखिरी किन र कहिले सम्म यस्ता खाले कु-कार्य चल्छ ?? यसलाई कडा नियम कानुन बनेर मात्र हुँदैन त्यसलाई लागु ल्याकत नि जगाउनु परी सम्बन्धित पक्षले !! यो त हामीले प्रत्येक दिन पड़ने दैनिकी नै बनिसकेको छ , त्यस बाहेक समाज भित्र , परिवार भित्र अनि नारी-पुरुष बिच को द्वन्द त छ दै छ !! समय त आफ्नै गतिमा परिबर्तन भै नै रहेको छ तर समय संगै हाम्रो सोच-बिचारमा परिबर्तन न-आउँदा अनि ब्यबहारमा न-आउँदा हामी आज आफै देखि लज्जित हुनु परेको छ !

अझ सबै भन्दा लज्जास्पत कुरा त छोरी-छोरी जन्माएकोमा आफ्नै लोकने र घर परिवार बाटै एउटी निर्दोश महिला माथि शारीरिक, मानसिक सबै प्रकारका तनाव दी इ न्छ , गर्न सकिने हदै सम्मको पीडा दीइन्छ यो कति न्यायापूर्ण छ ! हामी अनुमान लगाउँ गाह्रो पर्दैन ! जसले माया, प्रेम, स्नेह , साथ दिनु / गर्नु पर्ने उसैले नै यस खाले दैत्य रुप देखाए पछी ती नारी/ महिला को कोमल हृदयेमा के बित्छ होला ? उनि ती छिया-छिया परेको ह्रिदय लि इ प्रचलित सामाजिक मूल्य-मान्यता लाइ स्विर्कार्दै खोज्छिन त मात्र एक-मिठो बचन तर उनले त्यो पनि पाउँदिन, भनेपछि हामी कुन सामाजिक संरचनाको ढाँचामा ढली रहेका छौं त ? यहीं र यस्तै मुलभुत कारण हरु हुन् नारी/ महिला आज पनि पछी अर्नुको, एक-रथका दुइ पांग्रा त एउटा भन्ने कुरा न हो ! ब्यबहारमा त्यो छ नै काँहा र ? आज उनि आफु नारी हुनुको अस्तित्व खोज्दै छिन, माहान नारी/आमा हुनुको महत्व यहि हो भनि सोध्दै छिन ! तर, समाज मौन छ !!

भनाइ नै छ छोरी मान्छे, आइमाई केटा-केटि भएर धेरै बोल्नु हुन्न, पोथी बासेको राम्रो होइन ! सदियौं देखि लक्ष्मण सिमा रेखा भित्र कुण्ठित भएर बाँचेका नारी/ महिला आज यस शताब्दीमा पनि त्यस अँध्यारो तुवालोको पर्दा खसिसकेको छैन . यसको मूल कारण दरिद्र सोच नै हो !

 आज पनि महिला एउटा बच्चा उत्पादनको बस्तु ठानिन्छ अझ भनौं एउटा प्लास्टिकको धातु सँग तुलना गरिन्छ यसले ती नारीको मन मस्तिष्कमा कस्तो निर्घात चोट पुग्छ होला त्यो त उनलाई मात्र थाहा हुन्छ ! आज यी सचेत प्राणि प्राणी होइन उ त एक-निष्प्राण बनेको छ किनकी उसमा दया नामको चिज नै छैन न त मानवीय सद-ब्यबहार नै छ त व्यक्तिगत स्वार्थ र लालच : यस्ता समाज लाइ नै बिथोल्ने कुराहरुलाई , कमि कमजोरी हरुलाई केलाई मनन गरि हामी सद-भाव, सद-बिचार र सकारात्मक सोच लि इ अघि नबढे सम्म टोल-समाज र देशमै एउटा बिशुद्ध समाजको निर्माण हुन् सक्दैन !!

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com