बगेर गयो माया हाम्रो किनारामा अल्झ्यो यादहरु
दैबले रच्यो जाल आज दोभानमा छुट्यो साथहरु
(अमर माया संगै गाँसी)२पिरतीको झण्डा फराउने
अधुरो भयो यात्रा हेर क्षितिजमा संगै हराउने
खोसेर लग्यो प्रित छर्ने कोमल ती तिम्रा हातहरु
दैबले रच्यो जाल आज दोभानमा छुट्यो साथहरु
बगेर गयो माया हाम्रो किनारामा अल्झ्यो यादहरु
दैबले रच्यो जाल आज दोभानमा छुट्यो साथहरु
(घाइते मुटु वियोगको)२छाती माझ च्यापी हास्नु पर्दा
पागल सरि भएँ म त तिमी बिना एक्लै बाच्नु पर्दा
बितेर गयो बर्षौ बर्ष फक्रि दिन्छ अझै खातहरु
दैबले रच्यो जाल आज दोभानमा छुट्यो साथहरु
बगेर गयो माया हाम्रो किनारामा अल्झ्यो यादहरु
दैबले रच्यो जाल आज दोभानमा छुट्यो साथहरु
कल्पना राई
दोलखा नेपाल
हाल दक्षिण कोरिया