जान्न भन्थ्यो खाडी उ त खेती गर्छ अरे
भकारीमा मुरी मुरी अन्न भर्छ अरे
उन्नत् जातको बाख्रा पाल्छ गाई भैसींसंगै
बजार भाउ बुझ्न आफै फेदि झर्छ अरे
हालीमाली उसैको छ आजभोलि उता
लेकैभरि जताततै चौरीं चर्छ अरे
यसो गरौं उसो गरौं अनेकथरी सोच्छ
तल माथि उस्तै परे खर्क सर्छ अरे
यो छैन त्यो छैन रित्तो थियो भित्तो हिजो
कर्मको फल् सबै त्यस्ता अभाव टर्छ अरे
राजेश रुम्बा लामा 'अतृप्त'