पसिना यो बगाएर माटोलाई गलाउँछु
वर्तमान यो रोपेर भविष्यलाई फलाउँछु
जम्न खोज्ला हृदय यो आलस्यता बास गर्ला
तरङ्गित पार्न शान्त जलाशय चलाउँछु
जब जब मन्मा बस्ला कुविचार कुसंस्कार
निमिट्यान्न पार्न बरु आत्म मेरो जलाउँछु
कर्म गर्छु धर्म गर्छु दु:ख सुख आफ्नै ठान्छु
गरिखान उस्तै परे भाग्यलाई छलाउँछु
सानै छु म अहिले त बढिया त्यो काम गर्छु
हेर्दै जाउ एकदिन संसार यो हल्लाउँछु
बिना तामाङ 'सुनगाभा '