'गजल 'I



उजाड जिन्दगीमा,बहार बनेर आयौ तिमी,
निराश जिन्दगीमा,रहर बनेर आयौ तिमी!

नितान्त एक्लो थिएँ,सधैं मनको बस्तिभित्र,
हलचल मच्चाउदै शहर बनेर आयौ तिमी!

गल्दै थिएँ आलस्यतामा,जोश होश गुमाएर,
उमङगमा रमाउदै,लहर बनेर आयौ तिमी!

पलाउदै थियो जिजिबिशा,तिम्रो आगमनले,
अनायासै फेरी आज,जहर बनेर आयौ तिमी!

सुबेन बम्जन
हाल-यु,ए,इ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com