झमक अस्पतालमा भर्ना I

काभ्रे, धुलिखेल, असार ३०,

मदन पुरस्कार र पद्मश्री पदक विजेता साहित्यकार झमक घिमिरेको मस्तिष्कमा समस्या आएपछि अस्पतालमा भर्ना भएकी छिन्।

घिमिरेको मस्तिष्कमा र घाँटीको हड्डी, नशामा समेत समस्या देखिएपछि मेडिकल र फिजियोथेरापीमार्फत उपचार गर्न झमक काभ्रेको साँगा भैँसेपाटीमा अवस्थित स्पाईनल ईञ्जुरी सेन्टरमा भर्ना भएको उनकी बहिनी मिना घिमेरेले बताइन्।

मस्तिष्कमा समस्या आएपछि झमक लेख्न पनि नसक्ने भएकी छिन्। पन्ध्र दिनअघि घाँटीको हड्डीमा समस्या देखिएर नशा च्यापिएपछि झमक काठमाडौँको मोडेल अस्पतालमा भर्ना भएकी थिइन्। रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com