अनेसासमा नयाँ कार्यसमिति गठन तथा भानु जयन्ती सम्पन्न I

१३ जुलाई, न्यूयोर्क, अमेरिका

सम्वाददाता

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) केन्द्रीय समितिको नयाँ कार्य समिति १३ जुलाईका दिन पुर्नगठन गरिएको छ । कमला प्रसाईं(अमेरिका)को अध्यक्षतामा गठित उक्त समितिमा वरिष्ठ उपाध्यक्ष पदमा अस्मिता भण्डारी(नेपाल), क्षेत्रीय उपाध्यक्ष सुनिल संगम(युरोप), समदर्शी काईंला(एशिया), श्रृति अमात्य( उत्तर अमेरिका), प्रियंका बस्नेत(अष्ट्रेलिया), महासचिव हरि मानन्धर(इजरायल), सचिव राजकुमार पुडासैनी(बेल्जियम) र कोषाध्यक्ष सरिता ओली(अमेरिका) रहेका छन् ।

हरेक दुइ वर्षमा हुने अनेसास केन्द्रीय कार्यसमितिको गत निर्वाचनमा अनियमितता भएको भन्दै उक्त निर्वाचन कार्यसमितिले खारेज गरेको थियो । दुइ वर्षे कार्यकाल(२०१०–२०१२) समाप्त भएकोले ६ महिना भित्र अर्को निर्वाचन सम्पन्न गर्न सहमतिको आधारमा सबै क्षेत्रलाई समावेश गरी यो पुर्नगठित कार्यसमिति बनाइएको कुरा कार्यवाहक अध्यक्ष कृष्ण बजगाईंले बताउनु भएको छ ।

यसैबीच स्काईपमा १९९ औं भानु जयन्ती तथा साहित्यिक कार्यक्रम सम्पन्न गरिएको थियो । नवगठित अध्यक्ष कमला प्रसाईंको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न राष्ट्रमा बसोवास गर्ने स्रष्टाहरुले भानुभक्तको योगदानको बारेमा चर्चा गर्दै कविता, गीत तथा गजल प्रस्तुत गर्नु भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com