यही असार २९ गते तदनुसार २०१२ जुलाई १३ तारिखका दिन अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नवोदित साहित्यिक मोवाईल पुस्तकालय कतारको संयुक्त आयोजनामा १९९ औं भानु जयन्ती दोहाको ढाका रेस्टुरेन्टमा भव्यताका साथ सम्पन्न हुन गैरहेको छ | साथै उक्त दिन "चौथो खुल्ला कविता प्रतियोगिता २०६९"को पनि आयोजना गरेएको छ |
साथै १९९ औं भानु जयन्तीको अवसर पारेर कतारको दोहामा गरिने खुला कविता प्रतियोगितालाइ नेपाली समय अनुसार अपरान्ह ५:०० र कतारको समयानुसार अपरान्ह २:०० बजेदेखि च्वाईस एफ.एम. ९०.४ मेगाहर्जले प्रत्यक्ष प्रसारण गरिने छ | र उक्त कार्यक्रम विश्वभरका कुनै पनि कुनामा रहेर http://www.choicefm.org/ मा लग अन गरि सुन्न सकिने छ ।
राजेश रुम्बा लामा 'अतृप्त'
दोहा कतार |
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै