गीत I

बेहाल यो जिन्दगानी , साँचु अझै कस्का'लागी
आधा जीवन् आधा मृत्‍यु, बाँचु अझै कस्का'लागी !

सपना त सपनै हो, बिहानी'संगै साथ छुट्यो
अजम्बरी हाम्रो माया, पिरतीको बन्धन टुट्यो
टुक्रा टुक्रा भा'को आत्मा, गाँसु अझै कस्का'लागी
आधा जीवन् आधा मृत्‍यु, बाँचु अझै कस्का'लागी;

बर्षात झै बगी'रन्छ , यी आँखामा आँशु धारा
बियोगका बेदनाले, भूली'सके खुशी सारा .
मनभरी ब्यथा लुकाई, हाँसु अझै कस्का'लागी
आधा जीवन् आधा मृत्‍यु, बाँचु अझै कस्का'लागी;

बेहाल यो जिन्दगानी , साँचु अझै कस्का'लागी
आधा जीवन् आधा मृत्‍यु, बाँचु अझै कस्का'लागी !

'नरेन्द्र घर्ती '

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com