नयाँ नेपालमा बम गोली पड्कियो फेरी/
शान्ति खल्बलाई द्वन्द्व हिँसा भड्कियो फेरी//
गली निरङ्कुश ढल्छ भन्थे सामन्त संगै
लास जन्ताकै देख्दा मुटु धड्कियो फेरी//
देश को संरचना ध्वस्त पारे भौतिक क्षति,
मूल बिकासको फुट्छ भन्दा अड्कियो फेरी//
कोही जन्मिएन उनी पछी नि:स्वार्थि यहाँ,
हेर शहिद हो! तिम्रै अभाव खड्कियो फेरी//
रोइन् मातृभूमी आज,मागौ गुहार कहाँ?,
देश भुमरीमा पर्दा छाती चड्कियो फेरी//
कल्पना राई
दोलखा नेपाल
हाल दक्षिण कोरिया