'गजल' I



ईच्छाहरु दबाएर मार्न जान्या छैन
मर्दको छोरा हुँ म त हार्न जान्या छैन

आजै गर्छु जे गर्नुछ ईमान्दारीपूर्वक्
भोली गर्छु भनि भनि टार्न जान्या छैन

पुग्न भनि शिखरमा धरातलै बिर्सी
आफू उभ्या जमिन् आफै खार्न जान्या छैन्

आफू खुसी हुन हाँसो टिप्दै पोल्टा भर्दै
उसको भाग्मा दु:ख मात्रै पार्न जान्या छैन

यथार्थमा बाँच्छु सधैं वास्तविकता टिप्छु
कल्पनामा ताराहरु झार्न जान्या छैन

राजेश रुम्बा लामा 'अतृप्त'

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com