नेतृत्व नारीको I

आठ महिनादेखि मध्यपश्चिम क्ष्ाेत्रीय शिक्षा निर्देशक छिन्, नीरा शाक्य। भौगोलिक रूपमा विकट र शैक्षिक गुणस्तरमा पछि परेको क्ष्ाेत्रको शिक्ष्ाा निर्देशक हुँदा धेरै खाले चुनौती उनीसामु छन्। तर, बिनाहिच्किचाहट शाक्यले काम गररिहेकी छन्।

त्यस्तै, मध्यपश्चिमको प्रहरी कमान्ड डीआईजी पार्वती थापामगरको हातमा छ। उनले जुनियर अफिसरबाट सेवा सुरु गरेकी हुन्। २८ वर्षे सेवाकालमा उनले लैंगिक विभेदका सानातिना अनुभव गरे पनि पदोन्नतिको आधार भने उनको कार्यकौशल नै हो।

नेपालगन्जस्थित धम्बोझी उच्च माविले महिला प्राचार्य किरण आचार्यको नेतृत्वमा शैक्षिक गुणस्तर वृद्धि गरेको छ। सामुदायिक वन महासंघ बाँकेकी अध्यक्ष द्रौपती वलीले सामुदायिक वन उपभोक्ताको सफल नेतृत्व गररिहेकी छन् भने राष्ट्रिय जनमोर्चा अध्यक्ष मोबिना खातुन बाँकेमा एक्ली पार्टी अध्यक्ष हुन्। ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयकी नेपालगन्ज प्रमुख दुर्गा दिदीले तीन सयभन्दा धेरै दुव्र्यसनीलाई लत छुटाएर सुकर्मको बाटोमा पुनःजन्म दिएकी छन्।

भिन्न क्षेत्रमा स्थापित यी अनुहारले महिलाहरू पनि अवसर पाए नेतृत्व दिन सक्षम छन् भन्ने देखाएको छ। महिला नेतृत्वका कार्यालयहरू अनुशासित र पारदर्शी पनि देखिन्छन्। "भनेजति काम गर्न नसकिएको होला। तर, सुधार ल्याएकी छु भन्ने लाग्छ," क्षेत्रीय शिक्षा निर्देशक शाक्य भन्छिन्, "समन्वय र अनुगमनलाई व्यवस्थित गरेकी छु।" उनी महिला प्रधानाध्यापक वृद्धि गर्ने पक्षमा छिन्। आठ महिनामा नौ जिल्लाको स्थलगत अनुगमन निरीक्षण गरसिकेकी उनले कामको रफ्तार अझै बढाउने मुड बनाएकी छन्। भन्छिन्, "यातायातको कठिनाइले अनुगमनमा अप्ठ्यारो छ। तैपनि, जिल्ला पुग्ने प्रयत्न गरेकी छु।"

०३९ सालमा स्याङ्जाको विद्यालय निरीक्षकबाट सेवा सुरु गरेकी शाक्य ०६२ सालमा काभ्रेमा जिल्ला शिक्षा अधिकारी भइन्। त्यसबेला पनि महिलालाई कार्यालय प्रमुखका रूपमा नस्वीकार्ने स्थिति थियो। "कुर्सीमा बसेकी छु, जिल्ला शिक्षा अधिकारी हुनुहुन्न भन्दै सोध्न आउँथे," उनी अनुभव सुनाउँछिन्, "म नै हुँ भन्दा नपत्याएर फर्किन्थे।" त्यस्तो बेला उनलाई एक मनले हाँसो उठ्थ्यो, अर्को मनले रसि पनि उठ्थ्यो। तर, दुई वर्षमै मध्यमाञ्चलकै उत्कृष्ट घोषणा हुँदा भने शाक्य सन्तुष्ट भइन्।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com