निर्धो ,कम्जोर ,गरीवको कस्ले पुकार सुन्छ यहाँ ?
राजा अनि रंक देख्ने जाली संसार जुन छ यहाँ !
.
नदीको वेग छाती थापी पुर्याउछ समुन्द्रमा
सबै लेख्छन् लहरका गीत दुख्दै किनार रून्छ यहाँ!
.
तिम्रो देव कती सम्म पापी रै'छ बिचार गर्नु
रगत खाई रगतैले आफ्नो मुहार धुन्छ यहाँ !
.
ए आकाश तँ यो गल्लीमा चिसो शीत किन झार्छस?
पुजीएर ढुंगा बस्ने सुनको दरबार हुन्छ यहाँ !
.
मीरा थापा
माइधार झापा